Nepali Public Relation Committee America Seal/Logo

सामुदायिक भवनबारे नेजस अमेरिका नर्दन क्यालिफोर्नियाको ध्यानाकर्षण

Hollywood Khabar March 07,2019 Comments

प्रेस बिज्ञप्ति !

आदरणिय एन सि सि संस्थापक मित्रहरु, सामाजिक अगुवाहरु, चन्दा दाताहरु, सहभागी संघ संस्थाहरु, पत्रकार, वुद्दीजिबी, व्यापारी तथा यस भेग मा रहनु हुने सम्पूर्ण दाजु भाई दिदी बहिनिहरु,

विविध कारणले वर्तमान NANC र NCC को वातावरण धुमिल हुँदै गएको सर्वविदितै छ। यस्तो धुमिल, अन्यौल र अनिश्चित वातावरणको नाजायज़ फ़ाइदा उठाएर धमिलो पानीमा माछा मार्ने अवसरवादीहरुले समाजमा विग्रह ल्याउने दुस्प्रयास गरिरहेको प्रती एन सि सि को सबै भन्दा ठुलो ( प्रतिवद्दता अनुसार) चन्दा दाता नेपाली जन संपर्क समिती नर्दन क्यालिफोर्नियाको गम्भीर ध्यान आकर्षित भएको छ। सबै भन्दा पहिला NANC का वर्तमान सभापति NCC का प्रवक्ता हुँदा हुँदै NCC निर्वाचन समितिका सँयोजक चयन गरिनु त्रुटिपूर्ण भएको बारे सुनिएको व्यापक जन गुनासो को हामी सम्मान गर्दछौँ।

सामाजिक न्यायको लागि समर्पित र सदा सकृय नेपाली जनसंपर्क समिती, जो एन सि सि को एक महत्वपूर्ण अङ्ग हो, यस अवस्थामा मुक दर्शक भएर वस्दैन भन्ने कुरा आदरणिय जनसमुदायमा विनम्र निवेदन गर्न चाह्न्छौँ । सँयोजक जी ले एन सि सि समितीको मर्मलाई नै पछाडि पारी निर्वाचन समितिमा नियुक्ती गर्दै, निरन्त रवैया अपनाउँदै आउनु भएकोले हाम्रो समाजमा असमझदारी, अन्यौल र कटुता बढदै गएको कुरा कटु सत्य भएको निवेदन गर्दछौँ।

यस अवस्थामा NANC, NCC र अन्य संस्थाहरूको बिचमा सुमधूर सम्वन्ध, एकता र सहकार्य हुन पर्नेमा त्यसको विपरित NANC, NCC र अन्य संस्थाहरूको बिचमा असमझदारी, अन्यौल र कटुता बढदै गएको दु:खद परिस्थिती को सृजना भएको छ। कुनै पनि किसिमको समझदारी र सहमति हुन सकेको छैन ।

क्यालिफोर्निया स्टेटको निर्वाचन कानून अनुसार निर्वाचन वैध हुन निर्वाचन अधिकारी हरुले सबै मतदाता र सम्भावित उम्मेदवारहरुलाई बराबर अवसर प्रदान गर्नाका लागि निर्वाचन नियमावली र आचार संहिता को निर्माण गरी स्वच्छ, निष्पक्ष, धाँदली रहित निर्वाचन हुने विश्वासको बातावरण बनाउन पर्छ जस्मा निम्न बुँदाहरुमा ध्यान दिन अपरीहार्य छ।
मत दिन योग्य मतदाताहरुलाई आफ्नो मन पर्ने उम्मेदवारलाई मत दिने निर्वाध अवसर दिन पर्छ। उम्मेदवार हरुको लागि व्यवस्थित र व्यवहारिक प्रकृयाको नियमावली उपलब्ध गराउन पर्छ। निर्वाचन कानून, नियमावली र आचार संहिताको को पूर्ण पालना हुन पर्छ।

तर बिडम्बना NCC को विधान र चुनावी नीति- नियम तथा आचार संहिता पनि बनि नसकेको अवस्थामा र अन्य आवश्यक नियमहरु पनि पूरा नगरेको हालकै अवस्थामा निर्वाचन गर्नु सर्वथा अनुचित र ग़ैर कानुनी हुन जान्छ।

नेपाली कम्युनिटी सेन्टर सबैको साझा सपना हो, चासो को बिषय हो। यो ध्रुव सत्य हो कि सामाजिक एकता भएको बेला नै यो प्रयासले सफलता पाएको कसै बाट लुकेको छैन। त्यही जनचासो को प्रतिविम्वित गर्दै निर्वाचन लाई एनएएनसि निर्वाचन पछि सार्नुपर्छ भन्ने व्यापक जन दबाब को सम्मान गर्दै एनसिसि अधक्ष र महासचिवले निर्वाचन स्थगित गरेको घोषणा गर्दा गर्दै अव अवैध बनिसकेका पूर्व निर्वाचन संयोजक हचुवाको भरमा मनोनयन दर्ता गर्नु भनेको सरासर ग़लत र ग़ैरक़ानूनी हो। यसो गर्दा मतदाता र सम्भावित उम्मेदवारहरुको अधिकार कुन्ठित भएको छ र क्यालिफोर्नियाको निर्वाचन कानून आकर्षित भएको छ।

यस अत्यन्त समवेदनशिल अवस्थामा निर्वाचन समितीमा रहने आदरणिय व्यक्तित्वहरुले अवैध सँयोजकले ल्याएका कार्यतालिकामा काम गर्नु त्रुटीपूर्ण हुन जाने हुँदा आदणिय सम्पूर्ण निर्वाचन समिती सदस्यहरुलाई जन भावना अनुसार कार्य गराउन सकारात्मक भूमिका निर्वाह गर्न आग्रह गर्दछौँ।

निर्वाचन समितिलाई उपयुक्त वातावरण बनाउने मौका नै नदीई मनोनयन दर्ता ग़लत र ग़ैरक़ानूनी हो भन्ने वास्तविकतालाई पुन दोहोर्याउँदै यो निर्वाचन प्रकृया जनभावनाको विपरित भएको स्पष्ट भईसकेको वर्तमान अवस्थामा निर्वाचन सम्बन्धी सम्पूर्ण कृयाकलाप स्थगन गरी समाजमा शान्ति, समभाव तथा सन्तुलन क़ायम राखि दिनु हुन सम्बन्धित सबैलाई सादर अनुरोध गरिन्छ।

यसै अवसरमा जन भावनाको कदर गर्दै सामाजिक न्यायको लागि कुनै पनि मुल्य चुकाउन हामी पछि हट्ने छैनौँ भन्ने प्रतिवद्दता समेत व्यक्त गर्दछौँ।जय नेपाल
नारायाण खनाल
का सभापति
नेपाली ज संपर्क समिती अमेरिका, नर्दर्न क्यालिफोर्निया च्याप्टर