NPRCA Seal

जनसम्पर्क अमेरिका:अधिनायकबादी हर्कतको भर्त्सना, प्रचण्डको भेनेजुएला बक्तब्यको विरोध

Hollywood Khabar February 04,2019 Comments

कृष्ण के सी/अमेरिका

नेपाली जनसम्पर्क समिति अमेरिकाको फेब्रवरी ३, २०१९ मा औपचारिक बैठक बसेर संगठन लगायत अन्य विविध बिषयमा छलफल गरी थुप्रै निर्णय गरेको कुरा समितिका महासचिव मुनिन्द्र नेम्बाङले जानकारी दिएका छन।

समितिका अन्तरिक र नियमित निर्णय बाहेक केहि महत्वपूर्ण निर्णय समेत गरिएको कुरा महासचिव नेम्बाङले हलिउडखबरलाइ जानकारी दिएका हुन्। समितिले नेपालको वर्तमान दुइ तिहाइको अधिनायकबादी सरकारले संसदीय सर्वोच्चता र मर्यादाको धज्जी उढाउँदै, लोकतान्त्रिक मुल्य, मान्यता र स्थापित विधिलाई मिचेर गएको ठहर गरेको कुरा महासचिव नेम्बाङले बताए।

वर्तमान सरकारले गरेका सबैखाले अधिनायकवादी रबैया र हर्कतको बैठकले घोर निन्दा र भर्त्सना गरेको छ । नेपाली काँग्रेसले संसद र सडकबाट तथा पार्टीको अन्य भातृ र शुभेक्छुक संगठनहरूले सडकबाट गर्दै आएको र गर्ने सबैखाले विरोधका कार्यक्रमप्रति नेपाली जनसम्पर्क समिति अमेरिकाले ऐक्यवद्धता जनाएको छ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेनेजुयलाको बारेमा लेखेको वक्तब्यप्रति गम्भीर ध्यान आकर्षण भएको छ । धेरै पुरानो सम्बन्ध रहेको र नेपालको एक सहयोगी मुलुक अमेरिकाबीच सम्वन्ध नै बिगार्ने गरी आएको सत्तारूढ पार्टीका अध्यक्षकाे यस्ता विज्ञप्ती र त्यसलाई वैधानिकता दिने गरी आएको सरकारको प्रष्ट्रीकरण प्रति बैठकले आपत्ति प्रकट गर्दछ र त्यसको भर्त्सना गरेको छ।

साथै नेपालको विकासका लागि मुख्य सहयोगी र लाखौ नेपाली रहेको अमेरिका बीचको सम्बन्धमा चिसोपन ल्याउँने यस्ता खाले कुनै पनि गतिविधि नगर्न समेत बैठले नेपाल सरकार र सत्तारुढ दलसँग आग्रह गरेको छ, महासचिव नेम्बाङले भने ।

त्यसैगरी, समितिले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको आगामी कार्यकाल २०१९-२०२१ को लागि मध्यनजर राख्दै सदस्यता बन्नका निमित्त अमेरिकावासी सम्पूर्ण नेपालीहरूलाई बैठकले आग्रह गरेको छ।

नेपाली काँग्रेसको हालै काठमाण्डौमा सम्पन्न महासमिति बैठकबाट विदेश स्थित नेपाली जनसम्पर्क समितिहरूको हकमा लागुहुने गरी पारित भएको विधानमा केही थप विचाराधीनको लागि पार्टिको केन्द्रीय कार्यसमिति समक्ष अनुरोध गर्ने निर्णय गरिएको कुरा बताइएको छ।