-NJSS USA Official LOGO

जनसम्पर्क अमेरिका अध्यक्षद्धारा बारा र पर्साकामा हावाहुरीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दु:ख व्यक्त

Hollywood Khabar March 31,2019 Comments

नेपालको तराइ क्षेत्रका बारा र पर्सा जिल्लामाको विभिन्न क्षेत्रमा आइतबार साँझ आएको असिना–पानी सहितको भीषण हावाहुरीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दु:ख व्यक्त गर्दछौं ।

तीन दर्जन भन्दा बढी व्यक्तिहरुको अकालमै ज्यान गएको र सयौं घाइते तथा अंगभंग भएको घटनाबाट हामी अत्यन्त दुःखित छौं । प्राकृतिक विपदका कारण दिवंगत भएका सबैप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनहरुप्रति हार्दिक समवेदना प्रकट गर्दछौं। साथै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।

यस विपदमा परी घाइते भएकाहरुको तत्काल उद्धार गरी आवश्यक सम्पूर्ण उपचारको व्यवस्था गर्न र अकालमा जीवन गुमाउन पुगेकाहरुका पीडित परिवारलाई राहत तथा क्षतिपूर्तिको व्यवस्था तत्काल गर्न हामी नेपाल सरकालाई आग्रह गर्दछौं। हामी सम्पूर्ण नेपालीहरुलाई यस प्राकृतिक विपत्तिको बेला प्रभावित क्षेत्रका पीडित आफ्ना दाजुभाई तथा दिदीबहिनीहरुलाई राहत,उद्धार र मानवीय सहयोगका लागि सक्रिय रहन अपील गर्दछौं ।

साथै हाम्रो मातृ पार्टी नेपाली कांग्रेसका तर्फबाट भैरहेको पहलप्रति ऐक्यबद्धता जनाउंदै संघीय संसदका माननीय सदस्यज्यूहरुबाट दुई दिनको तलब राहतस्वरुप प्रदान गर्ने निर्णयको हामी उच्च सम्मान गर्दछौं । यो विपतको बेला आउनुहोस् सबै जुटौं र मानवीय सेवामा समर्पित बनौं ।

आनन्द विष्ट

सभापति,नेपाली जनसम्पर्क समिति,अमेरिका

एवं आमन्त्रित केन्द्रीय सदस्य,नेपाली कांग्रेस