-Krishna KC

जनसम्पर्क अमेरिकाको अधिवेशन अन्योलमा, फेसबुकमा लजिकको वर्षा, ७ जिकिर सहित

Hollywood Khabar November 25,2019 Comments

कृष्ण के सी/अमेरिका/११/२६/१९

जनसम्पर्क समिति अमेरिकाको अधिवेशन हुनुपर्ने समय काटेको नै दुइ वर्ष भैसक्यो। यो बिचमा अन्योल र आशा गर्दैमा नै यो सँस्था गुज्रियो। अझै भनौं भने सँस्थालाई भेन्टिलेटरमा राखियो र संस्थाका पधाधिकारीहरु गौरवताका साथ आशन ग्रहण गर्नमा खुशी भए।

स्थापनाको पहिलो अधिवेशन कनेक्टिकटमा भयो। सोहि अधिवेशबाट निर्वाचित डा सुरेन्द्र देवकोटाको कार्यसमितिलाई बिघटन गरि बिचलित बनाइयो। बिचमा न्यूयोर्क र क्यालिफोर्नियामा धुमधाम विवाद भयो। दुइ-दुइ गुट तयार भए र छुट्टाछुट्टै अधिवेशन पनि गरिए।

अन्तमा बिष्णु सुवेदीको संयोजकत्वमा दोश्रो अधिवेशन तयारी समिति बन्यो। सोहि समितिले एकताको दोश्रो अधिवेशन सम्पन्न गर्यो। नोभेम्वर २२-२४, २०१४ मा टेक्सस राज्यको डालस शहरमा भएको सो एकताको दोश्रो अधिवेशनले गोरख (आनन्द) बिष्टको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गर्यो। त्यो समय स्पष्ट रुपमा दुइवटा गुटमा निर्वाचन सम्पन्न भयो। शेरबहादुर देउबा पक्ष र तत्कालिन संस्थापन पक्ष रामचन्द्र पौडेल पक्षबीच। निर्वाचनबाट अध्यक्ष देउबाको तर्फ पुगेपनि केहि अन्य सिट मिश्रित रुपमा आयो। त्यसपछि आपसी गुटवन्दि सुरु भयो। गुटको लडाइले आपसी रुपमा कारबाही गरा-गर पनि भयो। छोटो रुपमा भन्नुपर्दा यो जनसम्पर्क समितिले खासै उपलब्धिमुलक काम गर्न सकेन।

तीन बर्षे कार्यकाल २०१७ को नोभेम्वरमा सकियो। उपलब्धि नै भन्ने हो भने वरियतामा भएका या नभएका नेताहरु नेपालबाट आउँदा अन्तरक्रिया, स्वागत र खादा ओडाउनमा नै समय खर्चियो। जब अधिवेशनको समय आयो, विभिन्न बहानमा त्यो गतिलाइ रोकियो। अधिवेशनको तयारीको मुखमा पुगेर नेपाली काँग्रेस पार्टीले एउटा चिठी लेखेर अधिवेशन अनिश्चित काल सम्मको लागि रोकिदियो। यसको कुनै कारण भने खुलाइएन। २०१७ मा नै बैधानिक समय सकिएको जनसम्पर्क समिति अमेरिकालाई भेण्टिलेटरमा राखेर जिउँदो छ भनियो। बिचमा दोश्रो साधारण सभा भयो। त्यसलाई एकापक्षले बहिस्कार गरे।

समितिका अध्यक्ष आनन्द बिष्ट नेपाली काँग्रेसको केन्द्रिय वैकल्पित सदस्यमा मनोनित भए। पार्टीको बिधान अनुसार पार्टीको कुनै पनि तहको सभापति या अन्य व्यक्ति उपल्लो तहमा गएपछि तलको पद स्वत खाली हुने र त्यसको एक तह मुनिकाले कार्यबाहक पाउने ब्यबस्था छ। त्यो बैधानिक ब्यबस्था अनुसार वर्तमान बरिष्ठ उपसभापति धनन्जय नरसिं के सी कार्यबाहक सभापति हुनुपर्ने हो तर त्यसो भएको छैन।

यसो हुनुमा बिधान भन्दा पनि माथि गएर एउटा मात्र कारणले भेट्टाइयो। त्यसको जड भनेको नुवाकोटमा महत र के सी बिचको लडाइ हुनु र नेपाली काँग्रेसका नेता प्रकाश शरण महतलाइ धनन्जय नरसिं के सी मन नपर्नु रहेछ।

यहाँनेर प्रश्न उठ्छ, उसो भए अधिवेशन किन रोकियो त ?

यसको कारण खोतल्दै जाँदा पाइने उत्तर भनेको पार्टी सभापति शेर बहादुर देउबामा पुगेर टुङ्गिन्छ। पहिलो कुरा त यो नेपाली जनसम्पर्क समितिबाट पार्टी महाधिवेशनमा प्रतिनिधि हुन पाउने कुरा नै नेपालको कानुन र नेपाली कांग्रेसको बिधानसँग बाझिन्छ। दोश्रो कुरा यति ठूलो कारण हुँदा-हुँदै पनि किन राखियो त जनसम्पर्क समितिबाट प्रतिनिधि हुने ब्यबस्था ? यसको जवाफ पनि पार्टी सभापति शेर बहादुर देउबालाई फेरि सभापतिमा जिताउन भन्ने कुरामा पुगेर टुङ्गिन्छ।

यसैबीच नेपाली काँगेस पार्टीले नेपाली जनसम्पर्क समिति अमेरिका लगायत भात्रीसंगठनहरुको अधिवेशन ६ महिना भित्रमा गराउन दिएको निर्देशनले पनि ४ महिना काट्न लाग्यो। अब बाँकी रहेको २ महिनामा सो कार्य पुरा होला त ? यस बिषयलाई लिएर जनसम्पर्क अमेरिकाको कार्य समिति भित्र र बाहिरबाट फेसबुकमा स्टाटस छताछुल्ल आउन थालेका छन्। कति कुरा विचारका छन्, कति बिधानका, कति गुट र स्वार्थका छन् त कति कुरा लजिक मात्र। तर अधिवेशन गराउने बिषयमा भने केहि पनि निर्णय भएको छैन।

वास्तविकता के हो त ?

१. पार्टीको संसोधित बिधान अनुसार, नेपाली काँग्रेसका महासमिति सदस्य र महाधिवेशन प्रतिनिधि हुन सकृय/क्रियाशील सदस्य हुनुपर्छ।

२. नेपालको संबिधान र नेपालको निर्वाचन आयोगको ब्यबस्था अनुसार बिदेशी नगरिकलाइ नेपालका राजनैतिक पार्टीको सदस्यता दिन मिल्दैन।

३. नेपाली काँग्रेस पार्टीको बिधान अनुसार पार्टीको एकाइ अर्थात जनसम्पर्क समितिको अध्यक्ष स्वत महासमिति सदस्य हुन्छ।

४. नेपाली जनसम्पर्क समिति अमेरिका 501 C अनुसार मुनाफा रहित गैर-राजनैतिक, सामाजिक संस्थाको रुपमा दर्ता भएको छ। यसको बिधानमा नेपाली काँग्रेस पार्टीसँग एफिलेशन हुने, नेपाली काँग्रेस पार्टीको महाधिवेशनमा भागलिने कुरा कतै पनि उल्लेख गरिएको छैन। अमेरिकी नागरिकले पनि यसको सदस्यता लिन मिल्छ र सभापतिमा उम्मेदवार हुन मिल्छ।

५. नेपाली जनसम्पर्क समिति भन्ने सँस्था नेपाली काँगेसको भात्री संस्थाको रुपमा पार्टीको बिधानमा उल्लेख गरिएको छ। पार्टीको आदेशले यसको अधिवेशन रोकिएको छ। यता यसको बैधानिक हैसियत गैर-राजनैतिक सँस्था हो। नेपाली काँगेससँग कुनै संबन्ध नै छैन। उता भने अधिवेशन पार्टीको निर्देशन मुताविक हुनुपर्ने कुरा आपसमा बाझिन्छ।

६. कानुनको दृष्टिमा नेपाली जनसम्पर्क समिति अमेरिकाको सदस्यता १८ वर्ष उमेर पुगेका, कानुनि हैसियत भएका जो कोहिले पनि लिन पाउनु पर्छ। अन्यथा नेपाली जनसम्पर्क समिति अमेरिकाको कार्यसमितिलाई भेदभाव गरेको कारण सरकारवादी मुद्धा लाग्छ र यस्तो भेदभाव दण्डनीय छ।

७. यो अर्थमा नेपाली काँगेस पार्टी र नेपाली जनसम्पर्क समिति अमेरिकाको कुनै बैधानिक संबन्ध नै छैन। जनसम्पर्क समितिको अध्यक्ष हुन पार्टीले रोक्न मिल्दैन। उता पार्टीको बिधान मान्ने हो भने पनि अर्को लफडा हुन्छ। यदि अमेरिकी नागरिक समितिको अध्यक्ष भयो भने पार्टीको बिधानले उसलाई महासमिति सदस्य बनाउँछ। महासमिति सदस्य हुन क्रियाशील सदस्य हुनुपर्छ। त्यो अवस्थामा बिदेशी नागरिकलाई सदस्यता दिएकोले नेपालको प्रचलित कानुन अनुसार निर्वाचन आयोगमा दावी-बिरोध लाग्न सक्छ। कुरा यहाँनेर बाझिएको छ। बेथा यहिं छ।

यस्तो स्थिति हो तर पनि यसका अध्यक्ष आनन्द बिष्टले भने नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिवेशन गराउने नै भनेका छन्। तर यसको कुनै तयारी भने गरेको देखिंदैन। सदस्यता वितरण त कुरै छाडौं सदस्यता कसरी वितरण गर्ने, कसलाई दिने कसलाई नदिने भन्ने कुरा नै टुंगो लागेको छैन। निर्वाचन समिति बनाएको छैन, बिधान समिति, अधिवेशन तयारीका लागि विभिन्न बैठक र सल्लाह अनि कमिटीहरु बनाउने काम भएको छैन। च्याप्टरहरुको अधिवेहन तिथिमिति ऐले सम्म तोकिएको नै छैन। म्याद दुइ महिना बाँकी छ अनि अझै पनि अधिवेशन हुन्छ भन्ने विश्वास माथि प्रश्न खडा भएको छ। अब, पार्टीले तोकिदिएको मितिमा अधिवेशन नहुने कुरा प्रष्ट रुपमा देखिएको छ।

अब अधिवेशन नभए के हुन्छ त ? यसभन्दा पहिला नेपाली काँग्रेस पार्टीको महाधिवेशन आगामी फेब्रवरीबाट अर्को एक वर्ष थपिने छ। त्यो समय गुज्रेपछि अन्तमा पुगेर अर्को ६ महिना थपिनेछ। अब भन्नुपदा पार्टीको महाधिवेशन अझै २० महिना पछि हुने अवस्था छ। यो अवस्थामा जनसम्पर्क समिति अमेरिका मात्र होइन अरु धेरै समिति र भात्री संस्थाहरुको अधिवेशन समय भित्र नहुने देखिएको छ।

जनसम्पर्क समिति अमेरिकाको अधिवेशन यो समयमा नभए हुने संभावित कुराहरु भने दुइवटा छन्।

१. समय भित्र अधिवेशन हुन नसकेकोले पार्टीले अधिवेशन गराउन अर्को समिति बनाउँछ। समितिमा परेका र छुटेका व्यक्तिहरु बिच गुटको लडाइ सुरु हुन्छ।

२. त्यो समितिलाई मान्ने र नमान्नेबीच लडाई हुन्छ। गुट अनुसार पत्र काटा-काट हुन्छ। त्यसैले नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिवेशन कम्तिमा पनि एक वर्ष हुने संभावना छैन।