-NJSS USA Sr VP Dhananjaya N KC

झिना-मसिना कुरा छाडेर सबै मिलेर जनसम्पर्कको अधिवेशन सम्पन्न गरौँ:बरिष्ठ उपाध्यक्ष के सी

Hollywood Khabar February 08,2020 Comments

कृष्ण के सी/अमेरिका/२/९/२०

नेपाली जनसम्पर्क समिति अमेरिकाका बरिष्ठ उपाध्यक्ष धनञ्जय नर्सिङ के सीले झिना मसिना कुरा छाडेर सबै मिलेर जनसम्पर्क समिति अमेरिकाको अधिवेशन सम्पन्न गर्नुपर्छ भनेका छन्। समितिले आगामी अप्रिल २०२० मा अधिवेशन गर्ने निर्णय गरेको छ।

बरिष्ठ उपाध्यक्ष के सीले हलिउडखबरसँग कुरा गर्दै आफू सुरु देखि नै अधिवेशन गर्नुपर्छ भन्ने पक्षमा रहेको कुरा बताए। यसै बिषयलाई लिएर धेरै पटक बक्तब्य र धारणा समेत व्यक्ति गरेको छु। पार्टी नेता र जनसम्पर्क समिति भित्र पनि सो बिषयमा कुरा उठाएको छु। ढिला नै भए पनि हामीले अधिवेशन गर्ने निर्णय गरेका छौं। अब यसको विकल्प पनि छैन र सबैजना मिलेर अधिवेशन सम्पन्न गर्नुपर्छ। यसका लागि आफ़ो सबैलाई अनुरोध पनि गर्छु, के सीले भने।

खासगरी सदस्यता र अधिवेशन समय सिमाका कुरालाई लिएर जे जति कुराहरु आएता पनि हामी सबै नेपाली काँग्रेसप्रति आस्थावान व्यक्तिहरु नै हौँ। यो जमात पनि ठूलो भैसक्यो। संस्था पनि ठूलो भयो, यहाँ अधिवेशन र साधारण सभाजस्ता गतिबिधिहरु नियमित रुपमा हुनु नै पर्छ। लामो समय देखि हामीले यो अधिवेशन गर्न सकेका थिएनौ।

अब यति धेरै ठूलो जमात भित्र केहि बिषयमा मत-भिन्नता हुन्छन नै। संस्था भंन्दा ठूलो हामी कोहि पनि होइनौं। ठूलो संस्थामा जहिले पनि झिना-मसिना या ठूला-साना सबैखाले बादबिबाद हुने नै गर्छ। बादबिबादबाट नै समस्याको समाधान पनि हुने हो। त्यसैले हामी सबैले हिजोको तिक्ततालाई भुलेर आगामी अधिवेशनलाइ भब्यताका साथ सम्पन्न गर्न सम्पूर्ण साथीहरू एकजुट भएर अगाडि बढौ। यो अधिवेशन हाम्रो लागि एउटा महायज्ञ पनि हो, बरिष्ठ उपाध्यक्ष के सीले भने।