तातेका नेता सेलाएको जनसम्पर्क १ डम्फू सय ताल बिधानको छैन ख्याल

Hollywood Khabar July 11,2018 Comments

कृष्ण के सी/अमेरिका
अवस्था
एकाथरी बिरोध गरेर जितियो भन्ने अर्को थरि बिरोध रोकेर जितियो भन्ने। दुइ राजाको घम्सान दुनियका छोराको नोक्सान भने झैं आपसी झगडाले व्यक्ति सकृय तर संस्था भने सेलाई सक्यो। जनसम्पर्क समिति अमेरिकाको एउटा डम्फू छ तर सय भन्दा धेरै तालै ताल छन्। बिधि-बिधानको ख्याल पटक्कै छैन अनि पद पाउन मुखै भरि -याल काढ्छन।

सुरुवात
कुनै एउटा अनलाइनमा नेपाली जनसम्पर्क समितिका केन्द्रिय सदस्यले राजिनामा दिए भनेर मेरो वालमा त्याग गरेपछि अलिक वाक्क लाग्यो। मलाइ कसैले राजिनामा दिने र स्विकृती हुने कुराले पटक्कै सरोकार राख्दैन। त्यसले मलाइ असर हुने र हुनुपर्ने कारण पनि छैन।

यो पंक्तिकारले बिगतमा नेपाली जनसम्पर्क समिति अमेरिकालाइ अधिवेशन गर्नको लागि धेरै झक्याउदै लेख्यो। फेब्रवरी २५, २०१८ मा अन्तिम पटक समितिबारे समितिको माउ पार्टी नेपाली काँग्रेसको झड्केलो पत्रका कारण अधिवेशन अनिश्चित काल सम्मका लागि रोकिएको सामाचार मुलक लेख लेखियो। आज फेरि अलिकति औंला चिल्चिलायो अनि बसियो कम्प्यूटरमा, पार्टी र सम्पर्क समिति दुबैको बिधान पढियो। केहि थप अनुसन्धान र अध्यन पछि वर्तमान अवस्थाको अवगत भयो केहि लेख्न मन लाग्यो।

प्रसंग -१
नेपाली काँग्रेस पार्टीको २०१७ को संसोधित बिधान २०६६ को धारा १४ अनुसार बिदेशमा बस्ने नेपाली नागरिकहरुले नेपाली काँग्रेसको सदस्यता लिन सक्नेछन भन्ने ब्यबस्था छ। सोहि धारामा काँग्रेसका समर्थक, शुभचिन्तकहरु सदस्य बनेर जनसम्पर्क समितिको गठनको माग, गठन र पार्टीको महाधिवेशनमा प्रतिनिधित्व गर्न पाउने ब्यबस्था छ। सोहि बिधानको १४ को उपधारा १ मा तेस्ता जनसम्पर्क समितिहरुको सदस्य नेपाली नागरिकहरुले मात्र लिन पाउँछन भन्ने ब्यबस्था छ।

प्रसंग-२
त्यसैगरी नेपालको वर्तमान संबिधानको धारा १४ अनुसार विदेशमा बसेका, विदेशी नागरिकता लिएकाहरुको लागि राजनैतिक अधिकार बाहेक सबै अधिकार सहितको गैरआवासीय नेपाली नगरिकताको ब्यबस्था गरिएको छ।

माथि उल्लेखित दुवै प्रसंगका ब्यबस्थाले नेपाली जनसम्पर्क समिति अमेरिकाको हैसियतमा अमेरिकी नागरिकता लिएकाहरुलाई सो संस्था अमेरिकी बिधान अनुसार बनाउने अधिकार भएता पनि नेपाली कांग्रेसको बिधान अनुसार चल्ने हो भने त्यहाँ बैधानिकताको प्रश्न खडा भएको सबै बौद्धिक व्यक्तिहरुले मान्दछन।

वर्तमान संबिधान लागु हुनुपूर्व नै अमेरिकी नागरिकता लिएकाहरुले नेपाली कांग्रेसको कृयाशील सदस्यता मात्र लिएका छैनन जनसम्पर्क समितिको पधाधिकारी नै भएका छन्। स्मरणिय कुरा चाँहि के हो भने नेपालको निर्वाचन आयोगमा पार्टी दर्ता हुँदा हरेक पार्टीमा नेपाली नागरिकहरु मात्र सदस्य हुन पाउने ब्यबस्था छ। त्यो अर्थमा संबिधान, बिधान र विधिको प्रश्न खडा हो या होइन तेसको ब्याख्या गर्ने काम तपाई जानिफकारहरुको।

नेपाली राजनीति मात्र होइन सरकार नै बिधि-बिधान मान्दैन भन्ने आरोप सत्य बनाउँदै गएको त सबैले देखेकै छन्। तर अमेरिकामा दर्ता भएको संस्थाले अलिकति सुझबुझ गरेर संस्था चलाउनु पर्ने हो। त्यसो भयो या भन्ने त्यो भने अनुत्तरित छैन प्रतिफलले देखाएको छ।

यदि सम्पर्क समिति अमेरिकाले अमेरिकी कानुन मान्ने हो भने अधिवेशन आफैंले निर्णय गरेर केवल काँग्रेस पार्टीलाई निमन्त्रणा मात्र दिनुपर्थ्यो भेन्ने कुरा कर्पोरेट कानुनका बिज्ञले बताए। तर समितिमा त्यसो भएको कुनै जानकारी सार्वजनिक भएको छैन।

सम्पर्क समितिका सभापतिको जवाफ
अधिवेशन रोकिएको बिषयमा जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्टलाइ प्रश्न गर्दा वर्तमान सभापति तथा नेकां केन्द्रिय सदस्य (आमन्त्रित) बिष्टले भन्नुभयो- आफू पार्टीको केन्द्रिय सदस्य भएकाले पार्टीको जे निर्णय हुन्छ त्यो मानेर जाने तत्काल अधिवेशन बाहेक सबै गतिबिधि नियमित गर्नु भन्ने आदेश भएकाले सोहि अनुरुप गएको कुरा बताउनु भयो।

एउटा डम्फू सय ताल खाने पाउने डाँडापारि मुखैभरि -याल
अधिवेशन र समितिबारे समितिका पधाधिकारी र संबद्ध पक्षले आ-आफ्नै ब्याख्या गर्दै आएका छन्। हरेकले आफ्नै डम्फू बजाउन छोडेका छैनन। जसले जे सुकै ब्याख्या गरेता पनि समिति र नेपाली कांग्रेसबीचको सम्बन्ध र भएको अनि हुनु पर्ने कुरा भने दिन सकेका छैनन।

त्यसको जवाफ न स्तापना कालमा थियो न ऐले छ न तुरुन्त हुने नै छ। समितिको अधिवेशन र गतिशिलताको कुनै टुंगो छैन। सत्य अझै अनुत्तरित छ। रत्तेली जति खेले पनि, दिन-रातै कटाए पनि खाना-पिना डाँडा पारि छ बेर्थमा उनीहरु मुखैभरी र्याल चुहाउँदै आएका छन। समितिको अधिवेशन हुने टुंगो नै छैन भने उम्मेदवार भएर कुनै अर्थ हुन्छ भन्ने बाँकी दुनियाले बुझे पनि समिति संबद्ध पक्षले बुझेको देखिएन। केवल पदको -र्याल काडेर गएका छन्।

तातेका उम्मेदवार-सेलाएको जनसम्पर्क समिति अमेरिका
समितिको अधिवेशन हुने कुनै टुंगो छैन। अधिवेशन गर्ने समय सकियो पार्टीले रोकिदियो तर पनि उम्मेदवार हुनेको लुर्को र फुर्को एकदमै बढेको छ। वास्तवमै भंन्नुपर्दा संस्था चाहिँ सेलाएको छ आकांक्षीहरु भने तातेका छन। उनीहरु गुट बनाउन र केहि आकांक्षीहरु लिस्ट लिएर मत नै माग्न थालि सके। ब्रेन डेथ भएकोलाइ भेन्टिलेटरमा राखेर जीवित छ भनेको जस्तै भन्ने त अति होला तर भएको छ।  

यक्ष प्रश्न:
१. नेपाली जनसम्पर्क समिति अमेरिका, अमेरिकाको 501C मुनाफा रहित कर्पोरेटको रुपमा दर्ता संस्था हो भनिएको छ। यसले अन्य सँस्थासंग एफिलेशन लिने कुरा आफ्नो बिधानमा उल्लेख गर्नुपर्छ। त्यो बुँदा समितिको बिधानमा छ या छैन सार्वजनिक भएको छैन। त्यसको जवाफ कसले दिने ?

२. समितिको वेबसाइट बन्द छ। यसको कारण थाहा भयन। जिम्मेवार व्यक्ति को हो यो पंक्तिकारलाइ ज्ञान छैन। तर समितिको बिधानमा नेपाली काँग्रेससंग एफिलेशन हुने ब्यबस्था नगरे सम्म जन-सम्पर्क समिति अमेरिका र नेपाली कांग्रेस बीचको संबन्ध भनेको भावना र मौखिक सहमतिको संबन्ध मात्र हो। अब कानुनी रुपमा यी सँस्थाबीच चिन-जान हुन सक्ने हो या होइन जिम्मेवारहरुले जवाफ दिउन।

३. संस्थासँग संबद्ध पक्षहरुले यसलाई नेपाली काँगेसको भात्री संस्था भनेता पनि कानुनी रुपमा त्यसो भएको छैन। उनीहरुले पार्टीले आदेश दिए अधिवेशन गर्ने अन्यथा नगर्ने भन्दै झ्याप रोकिने अवस्था आउनु कानुन संवत छैन। कानुन त त्यसो गर्न मिल्दैन भनेर नेपाली काँग्रेसलाइ बुझाउन नसक्नु सभापति बिष्टको कमजोर पाटो हो। तेसैगरी कुरा नबुझाई अधिवेशनको बिरोध गर्नु अर्को पक्षको अन्धोपना हो भने एउटा व्यक्तिको कुरा सुनेर बिधि-बिधान नहेर्नु नेपाली कांग्रेस समेतको गल्ति हो। त्यसो हुनु नपर्ने हो तर भाएको छ। यसको जवाफ कसले दिने ?

४. जे सुकै भएता पनि हुनु पर्ने कुरा भनेको संस्थाको बिधानमा नेकांसंगको एफिलेशन र लिने सुबिधाहरु उल्लेख हुनुपर्ने थियो। त्यसका साथै अधिवेशनमा वर्तमान बिधान अनुसार अधिवेशनको निर्णय स्वयं समितिले गर्ने हो, नेपाली कांग्रेसले होइन। अब के हुन्छ त - जवाफ कसले दिने ?

५. सँस्थाप्रति आकांक्षी व्यक्तिहरु अत्यन्तै कम छन्। अझै घट्दो क्रममा छन। जो मरिमेटेर लागेका छन् उनीहरु नामै किटेर लिंदा पनि १० देखि १५ जना मात्र छन। त्यसमा पनि उनीहरुको आपसी आरोप र प्रतिआरोप हेर्दा सबैजना गन्धक पानीले नुहाएका जस्ता छन। नयाँ र स्वस्थ व्यक्तिहरु पलाएका छैनन्। कतै नेपाली जनसम्पर्क समिति अमेरिकाको महत्व विस्तारै हराउंदै गएको त होइन ?

६. समितिको काम भनेको जो नेता नेपालबाट आउँछ उसलाई एयरपोर्टमा खादा लगाउन जानु र अमेरिका भरि चन्दा उठाउँदै घुमाउनु, अन्तरक्रिया गर्नु, यदाकदा पिकनिक गर्नु मात्र भएको छ। के यति मात्र काम हो त संस्थाको ?

७. कोहि त आफ्नो काम नै छाडेर दुइ बर्ष देखि अमेरिका नेपाल धाउन थालेका छन। तिनै मान्छे एक दशक भएर के भयो अब उनीहरु फेरि आउँदा के नै पो नयाँ हुन्छ र अनि के का लागि ?

अजिव अवस्था
एकाथरी बिरोध गरेर जितियो भन्ने अर्को थरि बिरोध रोकेर जितियो भन्ने। अनि दुइ राजाको घम्सान दुनियाँ छोरा नोक्सान भने झैं आपसी झगडाले संस्था भने सेलाई सक्यो। जे सुकै भनेता पनि पद लिन केहि व्यक्तिहरु तातेका छन् तर गतिबिधि नै ठप्प हुँदा जनसम्पर्क समिति अमेरिका भने सेलाएको छ। अमेरिकाका दुवै पक्ष लडेर नेपाली काँग्रेस समेतले मिलेर जनसम्पर्क समितिलाइ हसपिसमा राखेका छन्। त्यो मूर्दामा परिणत हुने हो या फर्कने हो त्यो भने हेर्न बाँकी छ।