आजको नेपाल र अबको नेपालबारे विश्व प्रकाश शर्मासंग अन्तरकृया

Hollywood Khabar August 22,2018 Comments

आदरणिय न्युयोर्कबासी नेपाली दाजुभाइ तथा दिदी बहिनीहरु
जय नेपाल !

उक्त सम्बन्धमा नेपाली जनसम्पर्क समिति अमेरिका न्यूयोर्क च्याप्टर अमेरिकाले नेपाली काँग्रेसका प्रवक्ता प्रखर वक्ता, विश्व प्रकाश शर्माको प्रमुख आथित्य र काठमाण्डौ जिल्ला गोकर्णेश्वर नगरपालीकाका नगर प्रमुख शन्तोष चालीसेको आथित्यमा एक अन्तरकृया कार्यक्रमको आयोजना गरिएको छ।

नेपालको समसामयिक राजनीतिका साथै “आजको नेपाल र अबको नेपाल” बिषयक एक छलफल तथा अन्तरकृया कार्यक्रमको आयोजना गरेको हुनाले निम्न: मिति, समय र स्थानमा न्यू-योर्कबासी सबै नेपाली दाज्युभाई तथा दिदी बहिनीहरू, बिभिन्न संस्थाका प्रमुख एवं प्रतिनिधिज्युहरू, समाजसेवी, बुद्दिजिवी, व्यवसायी, पत्रकार, कलाकार, साहित्यकार तथा आम समुदायलाई उपस्थितिको लागि नेपाली जनसम्पर्क समिति अमेरिका न्यूयार्क च्याप्टर हार्दिक बिनम्र अनुरोध गर्दछ ।

मिति: August 26, 2018 ( Sunday)
समय: 1PM
स्थान: MEJBAAN, kabab & Chinese Restaurant. 74-24, 37 Ave, Jackson Heights, NY 11372.

धन्यवाद
जय नेपाल
महेश मल्ल
महासचिव
नेपाली जनसम्पर्क समिति अमेरिका न्यूयोर्क च्याप्टर