नेजस अमेरिका: NRNA अमेरिकाको निर्वाचनबारे-प्रेस विज्ञप्ति

Hollywood Khabar September 02,2017 Comments

प्रेस विज्ञप्ति
यही सेप्टेम्बर ५/६ तारिख २०१७ मा हुन गईरहेको गैर आवासीय राष्ट्रिय समन्वय परिषद् अमेरिकाको  निर्वाचनमा, नेपाली जनसम्पर्क समिति अमेरिकाको तर्फबाट कुनै पनि उमेद्धारको विषयमा आधिकारिक निर्णय नगरेको कुरा सम्पूर्ण जिज्ञासा राख्नुहुने साथिहरू, पत्रकार मित्रहरू र आम अमेरिकावासी नेपाली दिदीबहिनी तथा दाज्यूभाईहरूलाई  यसै विज्ञप्ति मार्फत जानकारी गराउदै, यस निर्वाचनमा सहभागि रहनुहुने  सबै उमेद्वारहरूलाई संस्थाको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछ। साथै दुई दिन पछि हुन गईरहेको यो, गैर आवासीय राष्ट्रिय समन्वय परिषद् अमेरिकाको निर्वाचनको  समेत नेपाली जनसम्पर्क समिति अमेरिका पूर्ण सफलताको कामना गर्दछ ।
धन्यवाद , जयनेपाल !
मुनिन्द्र नेम्बाङ
महासचिव
नेपाली जनसम्पर्क  समिती अमेरिका
३ सेप्टेम्बर २०१७