नेजस अमेरिकाले बुझायो अधिनायकवाद बिरुद्ध ज्ञापन पत्र

Hollywood Khabar July 31,2018 Comments

कृष्ण के सी/अमेरिका
नेपाली काँग्रेसको भात्री संस्था नेपाली जनसम्पर्क समिति अमेरिकाले नेपाल सरकारको न्यूयोर्क स्थित रहेको कन्सुलेट अफिसमा एक ज्ञापन पत्र बिझाएको छ। 
न्यूयोर्क स्थति रहेको कन्सुलेट अफिसका कन्सुलेट जनरल पुष्प कुमार भट्टराईलाइ उहाकै कार्यालयमा पुगेर ज्ञापन पत्र बुझाइएको छ। सम्पर्क समितिका अध्यक्ष तथा नेका केन्द्रिय सदस्य (आमन्त्रित) आनन्द बिष्ट र महासचिव मुनिन्द्र नेम्बाङको नेतृत्वमा गएको टोलील नेपाल सरकारको धनाकर्षण गराउने सो ज्ञापन पत्र बुझाएको हो।


नेपाल कम्यूनिष्ट पार्टीको नेतृत्वमा बनेको दुइ तिहाइको सरकारको दम्भले देश र जनता उँधो गतितिर लगेको, कानुन र बिधि ध्वस्त गरेको, एकलौटी रुपमा मनोमानी रुपमा देश चलाएको जस्ता अनेकौं कारण देखाएर नेपाली काँग्रेस देश भरि नै बिरोध गर्ने कार्यक्रम दिएको कारण सो ज्ञापन पत्र बुझाएको कुरा अध्यक्ष बिष्टले हलिउड खबरलाइ बताउनु भयो।
सोहि अनुरुप वासिंगटन डिसीमा रहेको नेपाली दुतावासमा पनि ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको कुरा समितिका महासचिव मुनिन्द्र नेम्बाङले हलिउड खबरलाइ बताउनु भएको छ।