NJSS USA President Anand Bist, Photo Credit- Dhruba Kunwar

आनन्द बिष्टको बोल्ड डिसिजनले बिउतियो जनसम्पर्क समिती अमेरिका

Hollywood Khabar January 18,2017 Comments

आनन्द बिष्टको बोल्ड डिसिजनले बिउतियो जनसम्पर्क समिती अमेरिकाको

टेक्सासबाट एकताको अधिदेशन गर्दै निर्वाचित भएका नेपाली काँग्रेसको प्रवासी सँगठन जनसम्पर्क समितीको अमेरिकाका अध्यक्ष आनन्द बिष्ट धेरै बिवादित हुँदै अन्तत एउटा बोल्ड डिसिजन गरेर फेरि चर्चाको शिखरमा पुग्नुभएको छ। लगभग एकबर्ष अगाडि देखिको किचलो तन्किंदै जाँदा टुक्रा-टुक्रामा रहेको समिती अन्तत टेक्सास अधिवेशनको नतिजा अनुरुप फर्कीएको छ।

यो अवस्था आउनुमा जजसले जे जे भनेता पनि खासगरी तीन मुख्य कारण छन्। पहिलो हो यो पक्षमा प्रेसर, सुझाव र योजना दिने मद्यस्तकर्ताको प्रयास। दोश्रो हो  बहुमतको मिलेर जाने इच्छा अनि तेश्रो चाँहि स्वयं अध्यक्ष बिष्टको बोल्ड डिसिजन। बोल्ड यो अर्थमा कि मिल्नुपर्ने कारण र मागेको भन्दा एकतह माथि उठेर निर्णय गर्न सक्ने क्षमता राख्नु।

जनसम्पर्क समिति अमेरिकामा झगडा मिलेको कुराको जसदिनेको लामा लामा फ़ुलबुट्टे चाटुक्कारी प्रसंसा त देखियो। टेक्सासमा, होटलको बारमा नि रमझम भयो। सबैजना खुसी थिए, रमाएका थिए, हरेक टेबलमा तेसै कुराको छलफल थियो, बधाई दिने र हग गर्नेको लाइन नै थियो। 

तर पर्दा पछाडि बसेर त्यो सबै बनाउने प्रयास गर्ने व्यक्तिहरु एकजना सोहि स्थानमा थिए र अर्काजना डिसी मेट्रो एरियामा थिए। तर पनि ति दुवैजना छायाँमा परे सायद इतिहासले नै बिर्सेला ति व्यक्तिहरु।सबैलाई थाहा छ यसको जस नेतागणमा हुनेछ किनकी उनीहरु साछी बसेका हुन्। नेतागणले साछी मात्र बसेर हुने भएको भए त नेपाली काँग्रेसका महाँमन्त्रीको रोहबर नै काफी हुने थियो तर तेसो भएन।

अन्तमा जे सुकै भनेता पनि अध्यक्ष बिष्टलाई यो निर्णयको कदम प्रति प्रसंसा गर्नैपर्छ। काम गर्नलाई कुनै छोटो अबधि हुँदैन तेसैले अझै थप तीन काम गर्नुभयो भने यो कार्यकाल सफल भनेर सबैले प्रसंसा गर्ने छन।पहिलो हो अधिवेशनको मिति तोकेर अधिवेशन गराउन अगाडी जाने। दोश्रो संस्थाको दर्ता-प्रकृया लगभग पुरा हुनैलागेको छ त्यो सम्पन्न गर्ने। तेश्रो संस्थाको स्थापना काल देखि अडिट गरेर ट्याक्स फाइल गर्ने।