NJSS USA

जनसम्पर्क समिती अमेरिकाको अबको कदम के के हुनुपर्ने ?

Hollywood Khabar January 25,2017 Comments

नेपाली जनसम्पर्क समिति अमेरिकाको भर्खरै मात्र टेक्सास राज्यमा भएको एक बैठकबाट रिति-बिधि अनुसार राइट ट्रयाकमा फर्केको अवस्था छ। हुन त सबैभन्दा धेरै गाली र तल्लो स्तरमा पुगेर लेखिएका संस्थाहरुमध्ये समिति पनि एक हो। अब त्यो अवस्था फेरि नदोहोरियोस र संस्था एउटा दुरुस्त होस् भन्ने सदिक्षा सबैको छ।

लामो समय देखि तिन-तिर फर्केका संस्थाका पदाधिकारीहरुले अब गर्नुपर्ने कार्यहरुबारे तत्काल बैठक बसेर निर्णय गर्न ढिलो गर्नु हुँदैन भन्ने आम चासो र सुझाव छ। यो बिषयप्रति संस्थाको आधिकारिक धारणा आएको छैन। तर पनि अध्यक्ष आनन्द बिष्टका अनुसार पहिला साधारणसभा गर्ने। सधारणसभा मार्च अन्तिम साता देखि एप्रिल पहिलो साता भित्रमा योजना गरिएको छ। साधारणसभा पछि अधिबेशनको तयारीमा लागिने कुरा उहाँले बताउनु भएको छ।

यसै सेरोफेरो बिचमा बसेर आज यो संस्थालाई नजिकबाट हेर्दै गरेको व्यक्तिका हैसियतले बिषयलाई कोट्याउन मन लाग्यो। अलिकति अगाडि जान थोरै बलले धकेल्न मन लाग्यो, अझै भनौ गतिमा जान दवाव दिन मनलाग्यो। फलाम तातेको बेला पिट्नु पर्छ नत्र सामान बन्दैन। ऐले फलाम तातेको अवस्था छ।  

तेसैले प्राथमिकतामा पर्ने कुराहरुलाई सुझावको रुपमा लिपि गर्न मनलाग्यो।अब मरो कुरा आवश्याक छन् या छैनन् या काम लाग्ने छन् या छैनन् त्यो भने उहाँहरुले नै विश्लेषण गर्ने कुरा हो।

१. बैठक बसेर आगामी अधिवेशनको तिथिमिति तोक्ने  

२. च्याप्टरको अधिवेशन तयारिका लागि निर्देशन जारी गर्ने  

३. च्याप्टर सम्बन्धि नयाँ ब्याख्या गर्ने 

४. संस्थाको अडिट गर्ने र ट्याक्स फाइल गर्ने  

५. संस्था दर्ता प्रक्रिया पुरा गर्ने 

६. राजनैतिक, सामाजिक सेवाका कार्यहरु फरक-फरक ब्याख्या गर्दै तिनीहरुको व्याख्या गर्ने

७. संस्थाको आगमी अधिवेशनका लागि बिधान तयारी समिति गठन गर्ने 

८. नेपाली काँग्रेससँग एफिलेशन हुनेकुरा के कसरी हो त्यो कुरा ब्याख्या गर्ने र बिधानमा प्रष्ट लेख्ने 

९. पार्टी महाधिवेशन प्रतिनिधि छनोट प्रक्रियाको ब्यबस्था विधानमा गर्ने 

१०. हरेक व्यक्तिले दुइपटक भन्दा एकै पदमा रहन नहुने ब्यबस्था गर्ने

११. साधारण कृयासिल सदस्यहरुको नाम सार्वजनिक गर्ने अनि कृयासिल सदस्यताको कार्ड तुरुन्त बितरण गर्ने। 

#. क्रमश: