-जनसम्पर्क अमेरिका:च्याप्टर अधिवेशन निर्देशिका र सदस्यता फर्म पठाइयो-महासचिव नेम्बाङ्ग

जनसम्पर्क अमेरिका:च्याप्टर अधिवेशन निर्देशिका र सदस्यता फर्म पठाइयो:महासचिव नेम्बाङ्ग

Hollywood Khabar February 14,2020 Comments

कृष्ण के सी/अमेरिका/२/१५/२०

नेपाली जनसम्पर्क समिति अमेरिकाको तेश्रो अधिवेशन अप्रिल ११-१२, २०२० मा हुने निर्णय पछि तयारी युद्ध गतिमा बढ्न थालेको छ। आगामी मार्च २८ र २९, २०२० मध्ये कुनै एक दिनमा सम्पूर्ण राज्य च्याप्टरहरुको आफ्नो अधिव्शन सम्पन्न गरिसक्नुपर्ने छ।

समितिका महासचिव मुनिन्द्र नेम्बाङ्गले हलिउडखबरसंग कुरा गर्दै भने-सम्पूर्ण च्याप्टरहरुलाई अधिवेशन गाइडलाइन, सदस्यता फर्म र अन्य आवश्यक्त कुरा पठाई सकिएको छ। अब यो अधिवेशन भब्य र सब्य रुपमा सम्पन्न गर्न सबैमा हार्दिक अनुरोध गर्दछु, महासचिव नेम्बाङ्गले भने।

अब केन्द्रिय प्रतिनिधि पनि आगामी बैठकले निर्णय गरि तोक्ने छौ। कतिपय च्याप्टरहरुले त आफ्नो अधिवेशन पनि तोकी सकेको जानकारी प्राप्त भएको कुरा महासचिव नेम्बाङ्गले बताए। उनले न्यूयोर्क, टेक्सस र क्यालिफोर्निया राज्यका च्याप्टरहरुको मिति लगभग तय भैसकेको कुरा समेत उनले जानकारी दिए।