जनसम्पर्क र नेका प्रबक्ता शर्माको ४ बुंदे निर्देशन अनि बैधानिक प्रश्न

Hollywood Khabar August 29,2018 Comments

न्यूयोर्क
अगष्ट २९, २०१८ बुधवारका दिन, नेपाली काँग्रेसका प्रवक्ता एवं प्रखर वक्ता विश्व प्रकाश शर्मासंग न्यूयोर्कमा रहनुभएका नेपाली काँग्रेसका अग्रज एवं जनसम्पर्क समिति अमेरिकामा आवद्ध सबै तहका व्यक्तिहरूको माझमा अनौपचारिक  छलफल सम्पन्न भएको छ।

छलफलको पहिलो चरणमा पार्टी प्रवक्ताले सुधार गर्नुपर्ने  कुराहरू के के हुन भनि प्रवक्ता आफैले सहभागिहरूसँग सुझाव माग गरेका थिए। दोस्रो चरणको छलफलमा  समग्र काँग्रेसको र जनसम्पर्क समिति अमेरिकाको बारेमा सहभागिहरूको तर्फबाट आफ्नो भनाई र सुझाबहरू मागेका थिए। झण्डै ४ घण्टा निरन्तर चलेको उक्त अन्तरकृया एवं छलफल कार्यक्रमा जनसम्पर्क समिति अमेरिकाका नेता तथा कार्यकर्ताहरूले खुलेर आफ्ना भनाई/सुझावहरू प्रवक्ता सामु राखेका थिए।

अन्त्यमा सबैको सुझाब र धारणाहरू सुनिसके पछि नेका प्रवक्ता विश्वप्रकाश शर्माले जनसम्पर्क समिति अमेरिकाको सामान्य विवादलाई आइसब्रेक चारवटा साझा सहमति गराउँदै त्यसलाई कार्यान्वयन गर्न सबैलाई निर्देशन दिएका थिए।
सहमति भएका साझा बुँदाहरू:
१. जनसम्पर्क समितिको वर्तमान र पूर्व नेतृत्व तहविच अनौपचारिक बैठक र छलफलहरु मार्फत हार्दिकता र एकता विकसित गर्दै अघि बढ्ने

२. ब्यक्तिगत या संस्थागत कुनै पनि आन्तरिक विषयलाई सामाजिक सन्जालहरुमा प्रस्तुत नगर्ने

३. बिधान संशोधन क्रममा मातृपार्टी नेपाली कांग्रेसलाई देशभित्र र देश बाहिर रहेका समस्त नेपालीको हित केन्द्रित बिधान संशोधन सुझाव पठाउने। जनसम्पर्क समितिहरुको गठन, समयावधि र अधिकार सम्बन्धमा समेत राय पठाउने

४. अमेरिकाको जनसम्पर्क समिति एवं यसको अधिवेशन सम्बन्धमा निकासका लागि पार्टी केन्द्रको निर्देशन प्रतीक्षा गर्ने र सोही बमोजिम अघि बढ्ने

यसका साथै पार्टीको वर्तमान अवस्था र भावी कार्लयदिशाका बारेमा सामान्य जानकारी गराएर, अब पार्टीलाई चाँडै डिजीटल सिस्टम गराउने प्रयास भईरहेको कुरा समेत प्रवक्ता शर्माले सबैलाई बताए। फरक विचार र गुडहरूलाई समेत समन्वय गरेर आउदो दिनमा पार्टीलाई सशक्त र एक ढिक्का बनाउन सबैको उतिकै दायित्व रहेको कुरा बताएका थिए। एक फरक प्रशंगमा  प्रवक्ता शर्माले पार्टी हाम्रो सर्वोच्च निकाय भएकोले पार्टीको निर्देशन सबैले मान्नुपर्ने कुरा राखेका थिए।
उक्त अनौपचारिक भेटघाट एवं छलफल कार्यक्रममा पार्टीको आमन्त्रित केन्द्रीय सदस्य एवं नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्टले यहाँको अधिवेशन कहिले गराउँने भन्ने पार्टीको निर्देशनले तय गर्ने भएको हुनाले समितिले अधिवेशनको लागि पार्टीको निर्देशन कुरीरहेको कुरा सबैलाई जानकारी गराएका थिए।

नेपाली जनसम्पर्क समिति अमेरिकाका पूर्व संयोजक एवं केन्द्रीय सदस्य विष्णु सुवेदीले नेपाली जनसम्पर्क अन्तराष्ट्रिय समन्वय समिति विश्व सन्जालको बारेमा पार्टीले पत्र  लेख्ने कुनै वैधानिक आधार नभएकोले विश्वसंजालको गतिविधि पार्टीले पत्र लेख्दैमा नरोकिने कुरा स्पष्ट पारेका थिए।

अन्य नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनिन्द्र नेम्बाङ, सचिव भोजराज थोकर, केन्द्रीय सदस्य प्रमोद सिटौला, हरि शर्मा, काँग्रेसका अग्रज नेता आङदावा शेर्पा, नेपाली जनसम्पर्क समिति अमेरिकाका पूर्व उपसभापति मिङमार शेर्पा, महासमिति सदस्य एवं नेजस अमेरिकाका केन्द्रीय सदस्य वेद प्रसाद खरेल, नेपाली जनसम्पर्क समिति अमेरिकाका न्यूयोर्क च्याप्टर सभापति रोशन ढुंगाना, सोहि च्याप्टरका उपसभापति अमर तामाङ, सदस्य अनन्त सुवेदी, अग्नी ढकाल, लङआईल्याण्ड च्याप्टरका सभापति विश्व वाँस्तोला, महासचिव बिनिता भुजेल, दुर्गेश कार्की, महेश खड्का, गैरआवासीय नेपाली संघको परिषद सदस्य बन्दना कोईराला थिए। त्यसैगरी सुजन खनाल, रामकृष्ण महर्जन, संजिव श्रेष्ठ, ग्यानल थापा लगायतले आफ्ना भनाई र सुझाव राखेका थिए।

आश्चर्यकै कुरा मान्नुपर्छ, कार्यक्रममा कसैले पनि नेपाली जनसम्पर्क समिति अमेरिका र नेपाली कांग्रेस बीच बैधानिक सम्बन्ध छैन र त्यो केवल सहमतिको संबन्ध मात्र हो भन्ने कुरा उल्लेख गरेनन। समितिको अधिवेशन नेपाली कांग्रेसले रोक्न या गठन-बिघठन गर्न कानुनी हैसियत राख्दैन भन्ने कुरा उपस्थित कसैले पनि बुझाएनन। त्यसलाई नेपाली कांग्रेसको प्रबक्ता जस्तो व्यक्तिलाइ पनि थाहा थिएन। अन्तत अधिवेशनको लागि कुर्न निर्देशन दिएर गए।