जनसम्पर्क अमेरिका अधिवेशन काँग्रेसको गंभिर गल्ति बिष्ट नेतृत्व निरन्तर

Hollywood Khabar February 25,2018 Comments

कृष्ण के सी/अमेरिका
कहिले काहिँ बिषयलाई उठाइदिनु पर्ने, रणनीति, समस्या र समाधानका कुरा पनि भनिदिनु पर्ने, बैध र अबैधका कुरा पनि अरुले सिकाइदिनु पर्ने अनि नेता चाहिँ उहाँहरु नै हुने। यो नेपाली राजनीतिका नेताहरुको पछिल्लो रोग सबैले भोगेको नै हो।
भर्खरै नेपाली जनसम्पर्क समिति अमेरिकाले आफ्नो तेश्रो अधिवेशनका लागि आन्तरिक गतिबिधि तिब्र पारेको थियो। समितिले आफ्ना सल्लाहकार, राज्य च्याप्टर सभापति सबैको बैठकको सहमति लिएर अधिवेशनको अन्तिम मिति घोषणा गर्नै लाग्दा नेपाली कांग्रेसले आफ्नो परंपरागत रोग फेरि देखाएको छ।
अधिवेशन रोक्ने त्यो पनि अन्तिम घडिमा गएर बिना-नाफा घाटा कुनै व्यक्तिको निजि स्वार्थ हेर्दै आदेश दिने कामप्रति इतिहास गवाही छ। यहि कारणले नेबिसंघ र तरुण दल लगायत संघहरुको हालत बिग्रेको कारण स्थानिय र राष्ट्रिय निर्वाचनमा हारेको काँग्रेसमा चेत भने अझै नआएको देखियो भन्छन अमेरिकी काँग्रेसीहरु।
फाल्गुण ११, २०७४ को मितिमा पार्टीका मुख्य सचिवबाट प्राप्त भनि सामाजिक संजालमा आएको पत्रमा समितिको आसन्न तेश्रो अधिवेशनलाइ लक्षित गरिएको छ। हुन त पत्रको नाटक काँग्रेसमा हुन्छ नै। केही दिनमा संसदीय दलको निर्वाचन पछि अर्को पत्र आउला। यो दोहोरी हुने कुरा पुरानो नै हो। यस्तै प्रसङ्गमा गगन थापालाई दिएको पार्टी प्रवक्ताको पत्र थुतेर च्यातेपछि विश्व प्रकाशको पालो आयो भन्ने कुराको आरोप त जगजाहेर नै छ। भोली अर्को पत्र आउला अनि फेरि तेश्रो आउला चौथो आउला क्रम चलिरहन्छ।
तर यो पटक भने तेस्तो भएन। मुख्य सचिवले काटेको पत्रमा तीन-तीन वटा मुख्य गल्ति भएको छ।
१.पत्र अध्यक्षलाइ संबोधन गरिएको छ
२.समितिको पदावधी समाप्त भएको भनिएको छ
३.अधिवेशनका थप गतिबिधि नगर्नु भनिएको छ
पहिलो कुरा र दोश्रो कुरा आपसमा बाझिएको छ। एकातिर पदावधी समाप्त भयो भन्ने अर्को तिर तिनै अध्यक्षलाइ संबोधन गर्नु। पदावधी समाप्त भएको अध्यक्षलाइ किन संबोधन गर्नु? यसको अर्थ रेडिमेड पत्रमा हस्ताक्षर धस्काइयो भन्ने प्रस्टै छ। जब पदावधी समाप्त भएको थाहा भएको लेख्न सक्ने पार्टीले अर्को ब्यबस्था किन नगरेको भन्ने प्रशनको जवाफ कसले दिने त्यो भने झन लाजमर्दो छ।
अर्को कुरा अधिवेशनका थप गतिबिधी नगर्नु भन्ने आदेश दिंदा माथि उठाइएको दोश्रो बुंदाले रोक्दछ। पदावधी समाप्त भएको भन्ने कुरा समितिको बिधानले भन्ने हो। बिधान अमेरिकामा दर्ता भएको हो। अब अमेरिकामा दर्ता भएको बिधान पार्टीले मानेपछि थप गतिबिधि नगर्नु भन्ने आदेश दिन मिल्दैन। कि त बिधान मान्नुपर्यो कि आदेश दिन भएन। समितिलाइ अधिवेशन गर्न दिनुपर्यो।
अब यो बिषयलाई आफ्नो तरिकाले हरेकले अर्थ लगाउलान अनि आफ्नै टोपी आफैंलाई सुहाएको जस्तै ब्याख्या गरिएलान। कानुन त नेपाली जनसम्पर्क समिति नेपाली कांग्रेससंग संबन्ध राख्दैन। समितिको बिधानले काँग्रेसको भात्रीसँस्थाको व्यख्या गर्दैन। यो केवल आपसी भावनात्मक सहमतिमा भएको कुरा मात्र हो। जब कुरा सहमतिको आधारमा हो भने नेकाले आदेश दिन मिल्दैन।
बिषयलाइ सहि अर्थमा बुझ्ने हो भने अधिवेशन रोकिदिने, अर्को नेतृत्व नबनाउने अनि पदावधि समाप्त भयो भन्ने आदेशको अवस्थाले अध्यक्ष आनन्द बिष्टको तत्कालको नेतृत्व अनिश्चितकाल सम्मका लागि निरन्तर हुने देखिन्छ।