Nepali Congress Flag

भेनेजुयलालाइ लिएर नेता प्रचण्डको कुटनैतिक मर्यादा बिगार्ने बक्तब्यप्रति जनसम्पर्क समिति जर्मनीको ध्यानाकर्षण

Hollywood Khabar February 03,2019 Comments

जनसम्पर्क समिति जर्मनीको ध्यानाकर्षण !

नेपालको २/३ बहुमत को कम्युनिष्ट सरकारको करिव एक बर्षको शासन कालको कुनीति नियमले निम्त्याएका घटना क्रमहरुले नेपाली जनसम्पर्क समिति जर्मनीको ध्यानाकर्षण भएकोछ।

आफ्नो मुलुकको सिमाना मिचिदा चु एक शब्द बोल्न नसक्ने सत्तारुट पार्टी र सरकारले सात समुद्र पारीको भेनेजुयलाका दुई साडेको जुदाईको साक्षी बस्नु बिश्व समुदायबाट नेपाललाई एक्लाउने कोशिसमा जुटेकोले हामी देश प्रेमी राष्ट्र भक्त लोकतन्त्रवादी नेपाली चिन्तित भएका छौ।

२/३को दम्भले नेपालको आन्तरिक अवस्था धेरै कम्जोर भईरहेकोछ। नैतिकता हिन निरङ्कुश अधिनायकबादी कम्युनिष्ट शासक ओली सरकारले सत्ताको बागडोर समाते पछि नेपालमा हत्या, हिंशा, बलात्कार र भ्रष्टाचारले मुख्य श्रय पाई रहेकोछ। तस्कर र माफियाहरुको सिण्डिकेटको आडमा राज्य सत्ता चलाउदै आईरहेकोछ।

यसैको परीणाम हो कन्चनपुरकी १३ बर्षीय बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएकी नाह बालिकालाई न्याय दिन नसक्ने सरकारले स्वास्थ सेवा तथा चिकित्सा शिक्षाको सुधारको लागी लडिरहेका अहिंशाबादी सत्यग्राही डाक्टर गोबिन्द केसीसित आफैले गरेका सम्झौतालाई कार्यान्वयनमा धोका दिएको धोकेबाज सरकार नेपाली जनताबाट अब बिश्वास गुमाई सकेकोछ।

विश्व मानचित्रमा सबै भन्दा भ्रष्ट र कंगाल देशको नेपाललाई उभ्याउन २/३ दम्भको कम्युनिष्ट सरकार सफल भएकोछ। एक बर्षको शासन कालमा राष्ट्रिय ढुकुटीलाई टाट पल्टने गरी अर्थतन्त्र धोस्त भएकोछ भने ब्यापार घाटा देशको बार्षिक बजेट भन्दा माथि उक्लि सकेकोछ।

विधिको शासन र शान्ति सुरक्षाको स्थिति ईतिहासमा सबै भन्दा खस्किएकोछ। कम्युनिष्ट भन्दा फरक बिचार राख्ने नेपाली जनतालाई अमनचयन र शान्तिसित बाच्न धेरै गाह्रो हुदैछ।नेपाली जनताको सात दशक लामो शंघर्षबाट प्राप्त नेपालको संघिय लोकतन्त्र धरापमा परी सकेकोछ।

नेपालको संबिधानले प्रदान गरेको नेपाली जनताको भावना, मर्म र मूल्य, मान्यतालाई कुल्चदै निरङ्कुश अधिनायकबाद तिर लम्कदै गहिरहेकोछ। बनावटी र झुटा तथा उत्तेजित उखान टुक्कामा रमाउने ओली सरकार नेपाली जनता प्रति उत्तरदायी नभएको स्पष्ट भई सकेकोले नेपाली जनसम्पर्क समिति जर्मनीले आफ्नो बिज्ञप्तिद्वारा नेपाल सरकारलाई सचेत गर्न चाहन्छ।

 

नेपालको कम्जोर आन्तरिक स्थिति जस्तै २/३ प्रचण्ड बहुमतको दम्भको घमण्डी सरकारको विदेश निती पनि नेपालको ईतिहासमा सबै भन्दा कम्जोर र अप्त्यरिदो भएकोछ।

नेपालसँग कुनै उल्लेखनीय सम्बन्ध नरहेको भनेजुयलाको राजनीतिक घटनाक्रमलाई लिएर सरकार र सत्ता रुट पार्टी नेकपाको वक्तव्य औचित्यहीन र अपरिपक्व रहेकोले नेपाली जनसम्पर्क समिति जर्मनी त्यो विज्ञप्ति प्रति खेद प्रकट गर्दै दुख व्यक्त गर्दछ।भेनेजुयलाको राजनीतिक संकटलाई असंवेदनशील,अपरिपक्व र राष्ट्रिय स्वार्थप्रति उदासीन कार्यप्रति नेपाली जनसम्पर्क समिति जर्मनी आपत्ति प्रकट गर्दछ। नेपाल सरकार र सत्ता रुट नेकापालाई यो हेक्का हुन जरुरी छ कि बिगत ६५ वर्षदेखि अमेरिकाले नेपालको भौतिक र सामाजिक पूर्वाधारको क्षेत्रमा उल्लेखनीय सहयोग पुर्‍याउँदै आएको प्रमुख दातृराष्ट्र भएकोले अहिले पनि नेपालमा अरवौका आयोजनाहरु निरन्तर संचालनमा छन भने अहिले करिव ४ लाख नेपालीहरु अमेरिकालाई आफ्नो कर्म थलो बनाई रहेकाछन।

नेपालको हितमा सहयोग पुर्‍याउदै आएका युरोपियन देशहरु र अमिरिकाको सम्बन्ध बिगार्नु नै नेपाल जस्तो सानो भुपेरीबेस्टिक देशका जनताको दुर्भाग्यको साथमा विश्वमान चित्रमा नेपाललाई एक्ल्याउन सड्यन्त्रकारी कोशिस भएको देखिन्छ।

नेपाल र अमेरिकाबीचको सम्बन्धमा खटपट देखिएको छ यसलाई समयमै सुधार गर्न नेपाल सरकार र सत्ता रुट नेकपा पार्टीले भेनेजुयला संकटमा अमेरिकाको बिरोधमा लेखिएका अपशब्दको निसर्त माफी मागी तुरुन्त सरकार र पार्टीको स्पष्ट धारणा सहित बिज्ञप्तिको नेपाली जनसम्पर्क समिति जर्मनी जोडदार माग गर्दछ।

बर्षै देखि नेपालको भौत्तिक विकासमा शिक्षा, स्वास्थ्य, यातायात, लगायत बिभिन्न क्षेत्रमा महत्वपूर्ण अनुदान सहयोग उपलब्ध गराइरहेको अमेरिका र युरोपियन देशहरुको बिरोधमा बिनाकारण सार्वजनिक रुपमा धारणा राख्दा नेपाल सरकार र राजनीतिक पार्टीलाई यो पनि जानकारी हुन आवश्यक हुनु पर्दछ लाखौ नेपालीहरुको कर्म थलो अहिले युरोप र अमेरिका हो भन्ने हक्का हुनुपर्दछ।

नेपालले आफ्नो राष्ट्रिय स्वार्थका लागि र जनताको हितका लागी मात्र राम्रो उत्कृष्ट काम गर्न हार्दिक अनुरोध पनि छ।

जय नेपाल
शिखर खडका
सभापति
नेपाली जनसम्पर्क समिति जर्मनी