जनसम्पर्क बिघटन गरेर अर्को समिति मागेको छैन-बेद खरेल

Hollywood Khabar April 13,2018 Comments

कृष्ण के सी/अमेरिका
नेपाली जनसम्पर्क समिति अमेरिकामा विदाद हुनु भनेको कुनै नौलो कुरा होइन। स्थापना काल देखि नै वाद-विवाद, घोच-पेच र टिकडम चल्दै आएको समितिको धरैपटक टुक्रा र टुकडी भएको इतिहास छ। ति दुवै पक्षलाइ मिलाएर गत २०१६ जनवरीमा टेक्सासमा मिलेर जाने सहमति भयो। तत्पश्चात समितिले स्थापनाकाल देखि गर्न नसकेको साधारणसभा पहिलो पटक गर्न सफल भयो।
उसो त झगडाको बिउको धेरै मध्य एउटा पाटोका व्यक्ति बेद खरेल पनि हुनुहुन्छ। खरेल टेक्सासमा भएको एकताको दोश्रो अधिवेशनमा बरिष्ठ उपाध्यक्षमा पराजित भएपछि केन्द्रिय समितिले पछि केन्द्रिय सदस्यमा मनोनित गरिएका व्यक्ति हुनुहुन्छ। खरेल भर्खरै नेपाल पुगेर फर्कनु भएको छ। जनसम्पर्क समिति अमेरिका र उहाँ माथि लागेका केहि आरोपबारे सोधिएको प्रश्न र पाइएको जावाफ बारे यहाँ उल्लेख गरेको छु।
नेपालमा खरेलले आधा दर्जन भन्दा धेरै नेपाली कांग्रेसका नेताहरुलाई भेटेको कुरा सहि भएको बताउनुभयो। पार्टी सभापति शेर बहादुर देउबा, नेता राम चन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, प्रकाश शरण महत, सुरेन्द्र पाण्डे, बिर बहादुर बलायर लगायतका नेताहरुसंग भेटेको कुरा खरेलले बताउनुभयो। सबैसंग उहाँले समितिको विकल्प होइन अधिवेशन र नयाँ नेतृत्व चाहिँ अपरिहार्य भएको बताएको कुरा जनाउनुभयो। उहाँले आफूलाइ वर्तमान समिति बिघटन गरि नयाँ समितिको संयोजक बनाउन माग कदापि नगरेको कुरा समेत बताउनुभयो।
वर्तमान सभापति आनन्द बिष्टसंग आफूले समितिबाट उहाँले छोडेर आफूलाई संयोजक बनाउन मागेको कुरा सहि भएता पनि ढिपी भने नगरेको बताउनुभयो। त्यसैगरी तपाई सभापति देउबा या डा शशांक मध्य कुन गुटको नखुलेको भन्ने प्रश्न प्रति आफू जनसम्पर्क समिति अमेरिकाको भन्ने घुमाउरो जवाफ दिनुभयो।
त्यसैगरी समिति अमेरिकाको 501C मा दर्ता छ अनि यसको गठन र विगठन गर्न नेपाली कांग्रेसको आदेश माग्ने तपाइँहरु कानुन भन्दा माथि हो भन्ने प्रश्नमा उहाँले स्थापना काल देखिको चलेको चलन भएको बताउनुभयो। यो गलत चलन हो, गलत चलनको आफू पनि भागिदार भएको र यस्तो चलन हटाउन पर्ने कुरामा सहमत भएको बताउनु भयो।
खरेलले सभापति आनन्द बिष्ट नेतृत्वको तीन बर्षे कार्यकाल उपलब्धि बिनाको भन्ने आरोप समेत लगाउनुभयो। तर पनि समितिकोको अधिवेशन वर्तमान समिति या नयाँ बनाएर या आरु जे गरेर भएपनि हुनुपर्यो। त्यसको लागि नेपाली कांग्रेसकी नेत्री डिना उपाध्यायको रिपोर्टले महत्वपूर्ण अर्थ राख्ने कुरा समेत बताउनु। खरेलले अब हुने तेश्रो अधिवेशनमा आफू सभापतिको दावेदार रहेको कुरा दोहोर्याउनु भयो।