आउनुहोस् साधारण सभामा जुटौं-आनन्द विष्ट

Hollywood Khabar April 06,2017 Comments

न्यूयोर्क,अमेरिका, अप्रिल ७

नेपाली जनसम्पर्क समिति,अमेरिकाका सभापति आनन्द विष्टले यही अप्रिल २२ तारिख हुन लागेको समितिको वार्षिक साधारण सभामा सहभागिताका लागि अमेरिकामा रहेका समितिका सबै सदस्यलाई अपील गर्नु भएको छ | करीब दुई साता लामो नेपाल बसाइपछि केही दिन पहिले मात्र अमेरिका फर्कनु भएका सभापति विष्टले समितिको विगतका कार्यहरुको समीक्षा गरी भावी कार्यदिशा तय गर्ने वैधानिक थलो साधारण सभा नै हो भन्दै साधारण सभा सबैका लागि भएको उल्लेख गर्नु भएको छ|  

लोकतन्त्रको अभ्यास भनेकै विचारहरुको विविधतालाई आपसी छलफल पश्चात टुंगोमा पुर्याउने प्रक्रिया हो भन्दै सभापति विष्टले अपील्मार्फत भन्नु भएको छ,-सबैखाले असहमतिहरुलाई सहमतिमा बदल्ने बैधानिक थलो पनि साधारण सभा मात्रै हो, आउनुहोस् पहिलोपटक हुन लागेको यो साधारण सभालाई सबै मिली सफल बनाउँ र साधारण सभा समापनसंगै सबै च्याप्टरहरुको अधिवेशन गर्दै केन्द्रीय अधिवेशनका लागि जुटौं !

अपीलको पूर्ण विवरण: 

नेपाली जनसम्पर्क समिति,अमेरिकाका सम्पूर्ण अग्रज एवं सदस्य र शुभेच्छुक साथीहरु

जय नेपाल;

नेपाली जनसम्पर्क समिति,अमेरिकाको पहिलो वार्षिक साधारण सभा यही महिनाको २२ तारिख शनिवार भर्जिनियाको मनासास शहरमा हुन लागेको सर्वविदितै छ | साधारण सभा संस्थाको एक मात्र वैधानिक थलो हो,जहाँ हामी सबैजना सहभागी भएर आपसी छलफल गरी संस्थालाई कस्तो स्वरुपमा अघि बढाउने भन्ने निर्णय गर्न सक्छौं | विगतका कार्यहरुको समीक्षा गर्दै भावी कार्य दिशा निर्धारण गर्ने,संस्था र नेपाली समुदायको हितमा अझ बढी प्रभावकारी ढंगले काम गर्न के कस्ता योजना तय गर्ने भनेर निष्कर्षमा पुग्ने र संस्थाको विधानलाई समय सापेक्ष रुपमा संशोधन गर्दै प्रस्ताव पारित गरी सम्बन्धित कानुनी निकायमा पेश गर्ने काम पनि यही साधारण सभाले नै गर्दैछ | यस अर्थमा आसन्न साधारण सभाको महत्वलाई सबैले आत्मसाथ गर्नु भएको छ भन्ने मलाई लागेको छ | 

लोकतन्त्रको अभ्यास भनेकै विचारहरुको विविधतालाई आपसी छलफल पश्चात टुंगोमा पुर्याउने प्रक्रिया हो| लोकतान्त्रिक संस्कार भनेकै हामीले गर्ने व्यवहार हो| यसको सुन्दर पक्ष भनेकै असहमतिहरुलाई पनि आपसी छलफल र संवादको प्रक्रियाद्वारा सहमतिमा पुर्याई परिस्कृत ढंगले अघि बढ्ने अभ्यास हो| यस अर्थमा नेपाली कांग्रेस,जो लोकतन्त्रको एक मात्र गर्विलो खम्बा हो,यस पार्टीमा आवद्ध रहेका हामी समितिका सबै सदस्यहरुका बीचको संगठनलाई अझ बढी कसरी सशक्त र प्रभावकारी बनाउने भनेर होष्टेमा हैंसे गर्ने विविध विचार र सुझावलाई एकै बास्केटमा राखी अधिकतम साथीहरुको सुझावका आधारमा उत्कृष्ठ कार्यक्रम लिएर अघि बढ्ने थलो हो आसन्न साधारण सभा | नेतृत्वका बारे आलोचना गर्ने,कमी कमजोरीका बारे छलफल गर्ने र भविष्यमा राम्रो गर्न मार्ग निर्देशन गर्ने थलो हो साधारण सभा| सबैखाले असहमतिहरुलाई सहमतिमा बदल्ने बैधानिक थलो पनि साधारण सभा मात्रै हो|

यसर्थ आसन्न साधारण सभा नेपाली जनसम्पर्क समिति,अमेरिकाको इतिहासमा नै महत्वपूर्ण हो,हुनेछ भन्ने हाम्रो बुझाई छ | यसका लागि आजका मितिसम्म सुदूरपश्चिम क्यालिफोर्नियादेखि टेक्सास,मिचिगन, जर्जिया,बोष्टन, न्यू ह्याम्प्सयर, शिकागो लगायत टाढा टाढाका सदस्य साथीहरुले होटल बुक गरी हवाई टिकट समेत लिनु भएको र छुट्टीको व्यवस्था समेत मिलाई सकेको हामीलाई जानकारी गराउनु भएको छ| यता साधारण सभा सम्पन्न गर्नका लागि गठित मूल समिति र स्थानीय व्यवस्थापन समितिका साथीहरुको मेहनेतको हामीले उच्च कदर र सह्र्हाना गर्नुपर्दछ| होटल बुक गर्ने क्रममा मैले पनि अरु साथीहरुलाई उत्प्रेरित गरिरहेको छु र मैले पहिले नै बुक गरी सकेको छु।

तपाईंहरुले होटल बुक गर्नु भएको छैन भने तुरुन्त होटल Best Western Battlefield Inn ,10820 Balls Ford Rd,Manassas, Virginia 20109 को फोन : (703) 361-8000 मा फोन गरी होटल बुक गर्न सक्नु हुनेछ| अझै पनि केही कोठा सहुलियत दरमा उपलब्ध हुनेछ| होटलमा सम्पर्क गर्दा हाम्रो ग्रुपको नाम NPRCC उल्लेख गर्नुहोला| आजै होटल बुक गरौँ र सहुलियत सुविधा लिउँ| 

म करीब दुई साता पारिवारिक कारणले नेपालमा रहँदा पनि मेरो चासो आसन्न साधारण सभा नै रहेको थियो | मात्री पार्टी नेपाली कांग्रेसका सभापति आदरणीय शेरबहादुर देउवा,वरिष्ठ नेता आदरणीय रामचन्द्र पौडेल,महामंत्री आदरणीय डाक्टर शशांक कोइरालालगायतका शीर्ष नेताहरुलाई भेट गरी साधारण सभाको बारे अवगत गराएको छु | 

साथीहरु, यो साधारण सभा सबैका लागि हो| समितिको केन्द्रीय बैठकले समितिका सबै सदस्यहरु सहभागी हुन पाउने गरी निर्णय गरेको छ| विधानलाई संशोधन र परिमार्जन गर्ने गरी काम अघि बढाइएको छ| आसन्न साधारण सभा संगठनलाई थप सशक्त र प्रभावकारी बनाउदै अमेरिकाको नेपाली समुदायको हितमा निरन्तर क्रियाशील रही सामाजिक काम गर्न नीति तथा कार्यक्रम तय गर्ने थलो भएको हुनाले हामीले सबै सदस्यलाई सहभागी गराई सामुहिक छलफल गरी अघि बढ्ने निर्णय गरेका छौं | त्यसैले संगठनको यस महत्वपूर्ण थलोमा हामी सबैको सहभागिताको अपेक्षा गर्दछौं र सबैलाई स्वागत गर्न प्रतीक्षारत छौं | 

आउनुहोस् पहिलोपटक हुन लागेको यो साधारण सभालाई सबै मिली सफल बनाउँ र साधारण सभा समापनसंगै सबै च्याप्टरहरुको अधिवेशन गर्दै केन्द्रीय अधिवेशनका लागि जुटौं |

आनन्द विष्ट 

सभापति एवं नेपाली जनसम्पर्क समिति,अमेरिका परिवार