-गायक निशान भट्टराई

सवारी दुर्घटनामा परि गायक निशान भट्टराईको मृत्यु 

Hollywood Khabar January 12,2020 Comments

२९ पुस,काठमाडौं।गायक निशान भट्टराईको सवारी दुर्घटनामा परी ज्यान गएको छ।मंगलबार राति दरबारमार्गस्थित बानथाई रेस्टुरेन्टबाट निवास फर्कने क्रममा भट्टराईले चलाएको कार तीनकुनेस्थित सडकको पोलमा ठोक्किदा निशान भट्टराईको ज्यान गएको हो।पोलमा ठोक्किएर गम्भीर घाइते भएका  भट्टराईलाई उपचारका लागि ट्रमा सेन्टर लगिएकोमा त्यहि निधन भएको हो।धरान स्थायी ठेगाना भएका भट्टराई ४० को दशकको अन्त्यतिर उदाएका गायक  भट्टराई गजल गायकीका कारण  चर्चित थिए । स्टेजसँगै होटल रेस्टुरेन्टहरूमा उनले गजल गाउँदै आइरहेका थिए । भट्टराई गायिका लोचन भट्टराईका भाइ हुन् ।