-तस्बिर साभार वेब

निर्माण व्यवसायीहरुद्वारा काठमाडौंमा प्रदर्शन 

Hollywood Khabar November 19,2019 Comments

४ मंसिर, काठमाडौं ।निर्माण व्यवसायीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन्।व्यवसायीहरुले सार्वजनिक खरिद आठौं संशोधन नियमावली २०७६ मा भएको व्यवस्था संशोधन गर्न माग गर्दै बुधबार माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सार्वजनिक खरिद आठौं संशोधनअनुसार निर्माण कम्पनीको म्याद थप नहुँदा मुलुकभर निर्माण क्षेत्र र त्यससँग सम्बन्धित व्यवसाय धरापमा परेको भन्दै सार्वजनिक खरिद ऐनका केही बुँदाहरु संशोधन गर्नुपर्ने माग गरेको बताए।

व्यवसायीहरुले  ठेक्का र आयोजना निर्माणको सवालमा व्यवसायीलाई मात्रै दोषी करार गर्ने गरी समाचार सम्प्रेषण हुने गरेको भन्दै  सार्वजनिक खरिद ऐनअनुसार सम्झौता गरेर ठेक्का लिएकाले सोही सम्झौताअनुसार कानुनी कारबाही भोग्न आफूहरु तयार रहेको पनि  बताए ।व्यवसायीहरुको बुधबार र बिहीबार राजधानीमा चल्ने राष्ट्रिय भेलाले आन्दोलनका थप कार्यक्रम तय गर्ने निर्माण व्यवसायी महासंघका अध्यक्ष सिंहले बताए ।