-प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल

मेरो दोष भए संसदमै बर्दी खोल्न तयार छु -आईजीपी खनाल 

Hollywood Khabar December 09,2018 Comments

२४ मंसिर काठमाडौँ।प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको हत्या प्रकरणमा आफु दोषी पाइए बर्दी खोल्न तयार रहेको बताएका छन्।संसदको सोमबार बसेको दिगो विकास तथा सुशासन समितिको बैठकमा सांसदहरुको जबाफ दिँदै आईजीपी खनालले निर्मला प्रकरणको अनुसन्धानमा समय लागेपनि प्रहरी कसैलाई जोगाउने काम नगरेको भन्दै आफुले कसैलाई बचाउन या ढाकछोप गरेको गर्न खोजेको पाइए संसदमै लगेर बर्दी खोलिदिन आग्रह गरेका हुन्।

सांसदहरुले देशका विभिन्न भागमा भइरहेका हत्या, बलात्कार र हिंसाका घटनालाई लिएर  आईजीपीमाथि प्रश्न गरेका थिए।साउन १० गते घरबाट निस्केकी कञ्चनपुरको भीमदत्तनगर नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्त त्यसको भोलीपल्ट गाउँकै उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा भेटिएकी थिइन्।निर्मला प्रकरणमा प्रहरीबाटै चरम लापरबाही तथा शक्तिशाली व्यक्तिको संलग्ना रहेको चर्चा चलिरहेका बेला समितिले आईजीपी खनाललाई बोलाएको हो यसबारे प्रश्न गरेको हो।