निर्मला पन्तको हत्याबारे उच्चस्तरीय समितिले प्रतिवेदन गृहमन्त्रीलाई बुझायो 

Hollywood Khabar September 24,2018 Comments

९ असोज, काठमाडौं।बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी१३ बर्षीय बालिका निर्मला पन्तको हत्याबारे छानबिन गर्न गठित उच्चस्तरीय समितिले प्रतिवेदन बुझाएको छ।सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको समितिले मंगलबार गृहमन्त्री रामबहादुर थापा बादललाई प्रतिवेदन बुझाएको हो।यसअघि यही समितिले बुझाएको प्रारम्भिक प्रतिवेदनका आधारमा दुई डिएसपीसहित पाँच प्रहरी निलम्बनमा परेका थिए।समिति सदस्य वीरेन्द्रबहादुर केसीले प्रतिवेदनमा अनुसन्धानमा भएका त्रुटीदेखि निर्मला हत्याका दोषीको क्लूसम्म दिइएको भन्दै प्रतिवेदनले ल्याएको खास कुरा र निचोड अहिल्यै भन्न नमिल्ने बताए।

गएको साउन १० साथीको घरमा पढ्न भनेर गएकी निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा भोलिपल्ट उखुबारीमा शव भेटिएको थियो ।प्रहरीले छानविनमा लापरवाही गरेको तथा प्रमाण नष्ट गरेको भन्दै स्थानीयले आन्दोलन चर्काएपछि कारागार व्यवस्थापन विभागका महानिर्देशक रहेका मैनालीको नेतृत्वमा छानविन समिति गठन गरिएको हो । प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको थियो भने घाइते मध्ये दुई जनाको अवस्था अहिलेपनि निकै जटिल छ ।प्रतिवेदनमा के छ भन्ने सार्वजनिक गरिएको  छैन ।