-साङ्केतिक तस्बिर

निर्वाचन अधिकृतले हस्ताक्षर नगरेको मतपत्र भेटेपछि  विवाद

Hollywood Khabar November 28,2019 Comments

१४ मंसिर , कास्की।निर्वाचन अधिकृतले हस्ताक्षर नगरेको मतपत्र भेटिएपछि  पोखरा महानगरपालिका ३३ भरतपोखरीको बरपाण्डेथुम मतदानस्थलमा बिबाद भएको छ। निर्वाचन अधिकृतले हस्ताक्षर नगरेको मतपत्र भेटेपछि उत्पन्न भएको विवादका कारण केहीबेर मतदान स्थगित भएको थियो ।पछि सर्वदलीय आकस्मिक बैठकले हस्ताक्षर नगरिएका मतपत्र भेटिए सदर गर्ने सहमतिपछि पुन: मतदान सुरु भएको छ ।२ सय ४१ औं मतदाताले मत हाल्न खोज्दा हस्ताक्षर नभएको मत भेटिएको भन्दै विरोध र होहल्ला सुरु भएको थियो।