कृष्ण के सी/अमेरिका
Nipsey Hussle को नाम धेरेले सुनेको नै होला। उनी एक -याप सिङगर हुन्। त्यसैगरी Stephen Curry अत्यन्तै नाम चलेका बास्केटबल खेलाडी हुन्। यी दुवै जनालाइ नेपाली खाना खुवै मन पर्यो।
अनुप बज्राचार्यको नेपाली खाना र अनुप किचेनबारे त हलिउड खबरले धेरै पटक लेखेको नै छ। यो पटक उनै अनुपको नयाँ ब्यबसाय MoMo:licious मा Nipsey Hussle र Stephen Curry मम खान आइपुग्छन।
उनीहरुले अलिकति स्पासी फुड माग्छन। अनि अनुपको टिमले हट मम दिन्छन। उनीहरुलाइ मम एकदम मनपर्छ। अनि सोध्छन यो कुन प्रकारको फूड हो? किचेनबाट हिमालयबाट नेपाली मम भन्ने जवाफ आउँछ। यो भिडियो उनै -याप सिङगर Nipsey Hussle ले आफ्नै यूटयूब च्यानलमा पोस्ट गरेका छन्।