NRNA नाइजेरियाको छैटो अधिबेशन सम्पन्न: जनक बिष्ट अध्यक्ष निर्बाचित

Hollywood Khabar August 26,2017 Comments

लेगोस/नाइजेरिया
गैर आबासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद नाइजेरियाको छैटौं राष्ट्रिय अधिबेशन नाइजेरियाको लेगोसमा सम्पन्न  भएको छ। अधिबेशनले जनक बिष्टको नेतृत्वमा संघको सन २०१७ - २०१९ का लागि नयाँ कार्यसमितीको चयन गरेको छ ।
नयाँ नेतृत्वको उपाध्यक्षहरुमा बिश्वास पौडेल, बिरेन्द्र गुप्ता, उर्मिला रोका, महासचिबमा रोशन थापा, कोषाध्यक्षमा रोहित भाङ्गर, सचिबमा अभिषेक मान सिंह र भरत रिजाल, महिला संयोजकमा अन्जु पौडेल, युबा संयोजकमा इन्द्र टन्डन र सदस्यहरुमा प्रकाश अर्याल, रुद्र दर्लामी मगर, आरती न्यौपाने टन्डन, मदन बोहोरा, उत्तम पौडेल, सारिका क्षेत्री  र सन्तोष योगीलाई निर्बाचित गरेको छ।
त्यसैगरि अधिबेशनले चिरञ्जीवी रोकालाई अन्तरास्ट्रिय समितीको सदस्यमा मनोनयन गरेको छ भने प्रमुख सल्लाहकारमा हिक्मत थापा, सल्लाहकारहरुमा  चिरञ्जीवी रोका, डा तारा प्रसाद श्रेष्ठ, राजेन्द्र मुल्मी र मन थापालाई चयन गरेको छ।
संघको छैटौं राष्ट्रिय अधिबेशनको समुदघाटन गर्दै संघका अन्तरास्ट्रिय समितीका कोषाध्यक्ष हिक्मत थापाले एनआरएनए नाइजेरियाले आफ्नो दस बर्षको इतिहासमा अफ्रिकामा रहेका नेपालीको दुखसुखमा एनआरएनएलाई एकमात्र सह्योगी सस्थाको रुपमा स्थापित गराएको र अप्ठ्यारोमा पर्दा मात्रीभुमीलाई सकेको सहयोग गरेकोमा सबैलाई गौरावान्नित गराएको छ भन्नूभयो।
त्यसैगरि सभामा अन्तरास्ट्रिय समितीका सदस्य चिरञ्जीवी रोका, नवनिर्बाचित अध्यक्ष जनक बिष्ट, आरति न्यौपाने टन्डन, राजेन्द्र मुल्मीले शुभकामना मन्तब्य राख्नु भएको थियो भने बिश्वास पौडेलले संघको सन २०१५-२०१७ को प्रगती विवरण प्रस्तुत गर्नु भएको थियो।