-NRNA:गैरआवासीय नेपाली संघ नाइजेरियाको सातौ साधारण सभा, अध्यक्षमा थापा

NRNA:गैरआवासीय नेपाली संघ नाइजेरियाको सातौ साधारण सभा, अध्यक्षमा थापा

Hollywood Khabar July 13,2019 Comments

लेगोस/नाइजेरिया/७/१४/१९

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) नाइजेरियाको सातौ बार्षिक साधारण सभा सम्पन्न भएको छ। सभाले २०१९-२०२१ कार्यकालको लागि रोशन थापाको अध्यक्षमा नयाँ कार्यसमिति समेत चयन गरेको छ।

जाइजेरियाबाट प्राप्त जानकारी अनुसार नाइजेरियाको लेगोसमा सम्पन्न उक्त सातौ बार्षिक साधारण सभाले सन २०१९- २०२१ का लागि रोशन थापाको अध्यक्षतामा सर्बसम्मत रुपमा नयाँ कार्य समितिको चयन गरेको छ।

वार्षिक साधारण सभालाई सम्बोधन गर्दै एनआरएनए अन्तरास्ट्रिय कार्य समितिका कोषाध्यक्ष हिक्मत थापाले सन २००८ मा स्थापना भए देखि एनआरएनए नाइजेरिया एनआरएनए अभियानको मुख्य हिस्साको रुपमा आफुलाई स्थापित भएको बताए। थापाले एनआरएनएका सबै परियोजना र नेपालका सबै राहत सहयोग अभियानमा सक्रिय रहेकोमा आफूलाई गर्व लागेको समेत बताए।

त्यसैगरी साधारण सभामा आईसिसी अफ्रिका क्षेत्रकी महिला संयोजक मन थापा, आईसीसी सदस्य चिरन्जिबी रोका, पुर्ब अफ्रिका उप संयोजक बिदुर घिमिरे, उपाध्यक्ष बिरेन्द्र गुप्ताले समेत आफ्नो मन्तब्य ब्यक्त गरेका थिए।

सभाको सभापतित्व अध्यक्ष बिश्वास पौडेलले गरेका थिए। साधारण सभाले सन २००१९-२०२१ का लागि आइसीसी सदस्यमा निवर्तमान अध्यक्ष बिश्वास पौडेललाइ चयन गरेको छ।

संघका नयाँ निर्वाचित पधाधिकारीहरुमा अध्यक्षमा रोशन थापा, उपाध्यक्ष बिरेन्द्र गुप्ता, उर्मिला रोका, सुशील गिरी, महासचिवमा अभिषेक मान सिंह, सचिबमा रोहित भाङ्गर, सोमेश अर्याल, कोषाध्यक्षमा रमेश गुप्ता, सहकोषाध्यक्षमा सागर उप्रेती, महिला संयोजकमा सावित्री गुप्ता, युबा संयोजकमा फिरोज आलम र सदस्यहरुमा उत्तम पौडेल, राजु धिताल, इन्द्र टन्डन, बिस्नु गिरी र लक्ष्मी गुरुङ निर्बाचित भएका छन। त्यसैगरी सल्लाहकारमा हिक्मत थापा, चिरञ्जीवी रोका, बिदुर घिमिरे, संजय थापा र शंकर बर्मा चयन भएका छन।

साधारण सभाले संघको छैठौं नेपाल परियोजना तत्काल नेपालको प्रदेश नम्बर ५ मा संचालन गर्ने र नेपाली सास्कृतिक कार्यक्रमको तेश्रो शृङ्खला लेगोसमा आयोजना गर्ने निर्णय गरेको छ।