-The Federation of Nepalese Journalists (नेपाल पत्रकार महासंघ), Official LOGO from web

नेपाल प्रेस युनियन बेलायतको प्रथम बैठक, २ जना पत्रकारहरुलाई पुरस्कारको व्यवस्था

Hollywood Khabar May 05,2019 Comments

लण्डन,५/६/१९

नेपाल प्रेस युनियन बेलायतको नवनिर्वाचित कार्यसमितिको प्रथम बैठक ५ मे २०१९ का दिन लण्डनको प्लम्स्टेडमा सम्पन्न भएको छ ।

नवनिर्वाचित अध्यक्ष्य बिपिन निरौलाको सभापतित्वमा सम्पन्न बैठकले निम्न लिखित विभिन्न निर्णयहरु गरेको छ।
१. नेपाल प्रेस य़ुनियन बेलायतको ३१ मार्च २०१९ मा सम्पन्न प्रथम ऐतिहासिक अधिबेशन सफलता पूर्बक सम्पन्न भएकोमा सम्पूर्ण सहयोगीहरुलाई धन्यवाद ज्ञापन ।
बिशेष धन्यवाद :

क. केन्द्रीय अध्यक्ष्य बद्रि सिग्देल, उपाध्यक्ष्य बाला अधिकारी र महासचिब अजयबाबु शिवाकोटी नेपाल बाट बेलायतसम्मआइ सौहाद्रपुर्ण बाताबरणमा सर्बसम्मत रुपमा अधिबेशन सम्पन्न्न गराउनु भएकोमा धन्यबाद एबम आभार प्रकट गर्दछ । साथै नेपालबाट आउनुभई अधिबेशनको सफलतामा सहभागी हुनुभएका प्रदेश नम्बर ३ का सांसद बिजुला बर्मा र नेपाल पत्रकार महासंघका महासचिब रमेश बिस्टलाइ पनि बिशेष धन्यबाद ज्ञापन गर्ने निर्णय गरिएको छ ।

ख. अधिबेशनमा उपस्थित नेपाली राजदुताबासका उपनियोग प्रमुख शरदराज आरन , नेपाली जनसम्पर्क समितिका अध्यक्ष्य युबराज गुरुङ , एन आर एन का केन्द्रिय उपाध्यक्ष्य कुल आचार्य , एन आर एन युके का प्रतिनिधि एबम उपाध्यक्ष्य शेर बहादुर सुनार , अर्का उपाध्यक्ष्य ललित नेउपाने , महासचिब राज कुमार त्रिपाठी, नेसाका अध्यक्ष्य केश बहादुर गुरुङ , जनसम्पर्क समितिका उपाध्यक्ष्यद्वय महेश कुमार दाहाल र सुरज के सी , महासचिबद्वय केशब भण्डारी र सुर्य तामांग, नेपाली कांग्रेसका महासमिति सदस्य बिज्ञान प्रसाई, नेपाल पत्रकार महासंघ युके का अध्यक्ष्य नरेश खपांगी , बरिष्ठ उपाध्यक्ष्य युरोपको नेपालीपत्रका सम्पादक ध्रुबराज अर्याल, बुद्ध फाउन्द्देषण युकेका अध्यक्ष्य दीपक श्रेष्ठ , महासचिब अर्जुन कटुवाल, प्रतिभा नछत्र परिवार , अधिबेशन हल र बैठक हल प्रदान गरि बिशेष सहयोग गर्ने देबिमया पून र गेसो परिवार, संचारकर्मी पत्रकारहरु तथा विभिन्न संघ सस्थाका प्रतिनिधिज्युहरुलाई बिशेष धन्यबाद एबम आभार प्रकट गर्दछ ।

ग. बिशेष सहयोगीहरु चिरन्जिबी ढकाल, कमल भण्डारी (ग्रान्थम ), राजेन कंडेल, मनोज मेहता, दयानिधि सापकोटा, जिबन सेन ( चौतारी रेस्टुरेन्ट ),कमल पौडेल (इएमइ लण्डन) लगायतका समाजसेबीहरुलाई बिशेष धन्यबाद एबम आभार प्रकट गर्दछ ।

घ.नेपाल प्रेस युनियन बेलायतका सस्थापक सदस्यहरु, तदार्थसमितिका निबर्तमान सदस्यहरु र निबर्तमान सह-संयोजक संजय भक्त कंडेललाइ पनि बिशेष धन्यबाद एबम आभार ब्यक्त गरिएको छ ।

२. प्रेस युनियन केन्द्र र बेलायतस्थित संघ सस्थाहरुसंग समन्वय गर्न र भाबी कार्यक्रमहरुको तर्जुमा गर्न नवनिर्वाचित अध्यक्ष्य बिपिन निरौलालाइ जिम्मा दिने निर्णय गरिएको छ।
भाबी कार्यक्रमहरुबारे:

३. एनआरएन युके र नेपाल प्रेस युनियन युके बीच अन्तरक्रिया गर्ने (एनआरएन - प्रेस अन्तरक्रिया), यसको लागि कार्यसमितिका उपाध्यक्ष्य खेमराज रानाभाटलाइ कार्यक्रम संयोजक चयन गरिएको छ ।

४. बेलायतका सांसद र बेलायतका नवनिर्वाचित नेपाली मूलका काउन्सिलरहरुसंग अन्तरक्रिया गर्ने, यसको लागि कार्यसमितिका अर्का उपाध्यक्ष्य एभरेस्ट गौतमलाइ कार्यक्रम संयोजक चयन गरिएको छ ।

५. समाबेसी प्रेसका लागि आदिबासी जनजाति संघ-सस्था संग समन्वय र अन्तरक्रिया गर्ने,

६. वेल्शमा रहेका नेपाली संघ-सस्था संग अन्तरक्रिया र त्यहाँ रहेका प्रजातान्त्रिक पत्रकारहरुको खोजि गरि सदस्यता वितरण एबम विस्तार गर्ने, यसको लागि कार्यसमितिका सचिब मन्दिप केसी संयोजक चयन गरिएको छ।

७. सस्थापक संयोजक एबम वर्तमान अध्यक्ष्य बिपिन निरौलाले २ वर्ष अघि युनियनको इटहरीमा सम्पन्न पूर्वाञ्चल भेलामा घोषणा गर्नुभए बमोजिम प्रेस स्वतन्त्रता`, मानब अधिकार , प्रजातन्त्र र जनजीविकाका बिषयमा पत्रकारिता मार्फत जागरण फैल्याउने नेपालभित्रका १ र नेपाल बाहिर विदेशस्थित १ जना गरि कम्तिमा २ जना पत्रकारहरुलाई पुरस्कारको व्यवस्था गर्ने। त्यसको लागि एकबर्ष भित्रमा एक कार्यक्रम गर्ने र संकलित रकम पुरस्कार र भैपरिआउने कार्यकोलागि प्रयोग गर्ने, यसको लागि अध्यक्ष्य बिपिन निरौलालाइ संयोजक चयन गरिएको छ । सोको लागि बिस्तृत कार्यविधि बनाइ संयोजक एबम अध्यक्ष्य निरौलाले आगामी बैठकमा पेश गर्ने निर्णय गरिएको छ ।
बैठकका अन्य निर्णयमा युनियनको वेब साइट बनाउनका लागि कार्यसमिति सदस्य लालमणि भट्टराई र कोषाध्यक्ष्य सन्तोष भट्टराईलाइ जिम्मा दिइएको छ। साथै सदस्य भट्टराईलाइ डिजिटल बिभाग प्रमुखको जिम्मेवारी समेत दिइएको छ। निकट भबिस्यमा हुने प्रतिभा नछेत्रको कार्यक्रमलाई सहयोग गर्न कार्यसमितिका सहसचिब कृष्णा भण्डारीलाई संयोजकको जिम्मेवारी समेत दिइएको छ। नेपाल भ्रमण बर्ष २०२० सफल पार्न महामहिम नेपाली राजदुतको अध्यक्ष्यतामा गठित समितिलाइ सहयोग गर्न प्रचारप्रसार समितिका सहसंयोजकमा नियुक्त बिपिन निरौलाका साथै सदस्यकारुपमा कार्यसमितिका सदस्य शालिक सापकोटालाइ पठाउने निर्णय गरिएको छ । बुद्ध फाउन्डेशन युकेको यहि मे १२ आइतबारका दिन लन्डनको ट्राफलगर स्क्वायरमा सम्पन्न हुने बुद्ध जयन्ति कार्यक्रममा बृहत सहभागिता जनाउने र सोको सहयोग एबम प्रचारप्रसारका लागि कार्यसमिति सदस्य सुरेन रुपाखेतीलाइ संयोजकको जिम्मेवारी दिइएको छ । बैठकको संचालन कार्यसमितिका नवनिर्वाचित सचिब मन्दिप के सीले गरेका थिए।