मोडलिङ, मिडिया र चलचित्र क्षेत्रमा आजका युवा पुस्ताको लगाव र झुकावलाई ध्यानमा राखेर यस क्षेत्रमा आफ्नो भविष्य बनाउन इच्छुक युवा युवतीहरुलाई दक्ष, सक्षम, योग्य र व्यवसायिक बनाउने अभिप्रायबाट नेपाल नेक्स्ट सुपर स्टार २०१८ नामक मोडलिङ व्याकरणमा आधारित सौन्दर्य प्रतियोगीताको आयोजना गरिन लागिएको हो ।
एमपि इभेन्ट्स एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा आयोजना हुने यो प्रतियोगितामा सहभागीहरुलाई १ महिनाको प्रशिक्षण प्रदान गरिनेछ । जस अन्तर्गत स्टेज प्रस्तुतिकरण, ब्यत्तित्व विकास, फिटनेस, जुम्बा तथा एरोबिक्स, सेल्फ मेकअप, संचार कला, आत्मविश्वास अभिवृद्धि, फेसन, सेलिब्रेटी अन्तरक्रिया लगायतको कुरालाई मुख्य विषय वस्तु हुनेछ ।
प्रतियोगिताका विजेता लगायत अन्य उत्कृष्ट सहभागिहरुलाई अन्तर्राष्ट्रिय फेसन शो, अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता, चलचित्र, म्युजिक भिडियो, विज्ञापन, फेसन शो, मिडिया प्रोमोशन आदिमा अवसर प्रदान गरिनेछ । प्रत्येक सहभागीले आईएलटिस् र जापानी भाषाको प्रशिक्षण निशुल्क प्राप्त गर्नेछन् । विजेताले नगद पुरस्कार रु. एक लाख, फेसन डिजाइनिङको एक वर्षे कोर्षमा पचास प्रतिशत छुट, पाँच दिनको थाइल्याण्ड भ्रमण, चलचित्रमा तथा अन्तर्राष्ट्रिय फेसन शोको सहभागिताको अवसर प्राप्त गर्नेछ।
प्रतियोगिताका फ्रस्ट तथा सेकेन्ड रनर अपले फेशन डिजाइनिङको एक वर्षे कोर्षमा क्रमशः पच्चीस तथा पन्ध्र प्रतिशतको छुट प्राप्त गर्नेछन् साथै म्युजिक भिडियो, विज्ञापन तथा फेसन शोमा अवसर प्राप्त गर्नेछन् ।
मुख्य तीन उपाधि बाहेक प्रतियोगितामा फोटोजेनिक, फ्रेन्डशीप, ट्यालेन्ट, पर्सनालिटी, पब्लिक च्वाइस, वेष्ट वाक, कन्फिडेन्स लगायतका विधामा पनि विजेता चयन गरिनेछ । प्रतियोगिताका लागि राजधानी काठमाडौं बाहेक देशका अन्य मुख्य शहरहरुमा पनि अडिसन संचालन गरिनेछ । प्रतियोगिताको मुख्य प्रतिस्पर्धा राजधानीमा सम्पन्न हुनेछ ।
- सहभागिताका लागि कम्ती प्लस टूलाई न्युनतम शैक्षिक योग्यताको मापदण्ड मानिएको छ।
- पुरुष सहभागीको हकमा उमेर १८ देखि २६ वर्ष र उचाईं न्युनतम ५ फिट ५ इन्च र
- महिला सहभागिको हकमा उमेर १८ देखि २६ वर्ष र उचाई न्युनतम ५ फिट २ इन्च तोकिएको छ।
सिफारिस
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...