Apple को नयाँ iPhone महँगो हुने अनुमान

Hollywood Khabar August 24,2017 Comments

कृष्ण के सी/क्यालिफोर्निया
दुनियाँको सेलफोन बजारमा राजा मानिएको Apple ले आफ्नो नयाँ र रिडिजाइन iPhone बजारमा ल्याउनु अगाडी नै सो फोन महँगो हुने कुरा The New York Times ले बताएको छ।
केही महिना देखि चर्चामा रहेको Iphone बजारमा आउँदा $999 पर्ने पूर्वानुमान गरिएको छ। यो मूल्य भनेको $350 थप महँगो हुने कुरा पनि The New York Times ले जनाएको छ।
निकै नै चर्चामा रहेको बिश्व बजार पिट्ने Iphone का तीनथरी नयाँ डिजाइनहरु बजारमा आउने अनुमान गरिएको छ। तीन मध्य दुइवटालाइ 7 Version को सामान्य रुपमा रिडिजाइन र अपडेट गरिएको बताइएको छ। तर अर्को एउटा भने अत्यन्तै नयाँ र आकर्षक डिजाइनमा आउने बताइन्छ। यो डिजाइनमा फुलस्क्रिन डिस्प्ले हुने अनुमान गरिएको छ।
यसका थप बिशेषता भनेको वायरलेस चार्जर, फेसियल रिक्ग्नेशन, होम बटन नहुने अनुमान गरिएको छ। Apple को सो डिजाइन गत महिना दुर्घटनबस सेक्रेट बाहिर लिक भएपछि यस्तो कुरा आएको बताइन्छ। सामान्यतया यस्ता डिजाइनहरु बजारमा आउनु पर्व खासै अनुमान गर्न सकिंदैन।