Hollywoodkhabar advertisement

ओली नेपाल-खनाललाइ बरिष्ठ नेता मान्न तयार, नेपाल पुनर्स्थापना पछि पहिलो बैठक अडानमा

-ओली नेपाल-खनाललाइ बरिष्ठ नेता मान्न तयार, नेपाल पुनर्स्थापना पछि पहिलो बैठक अडानमा
0
shares

नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली एमालेबाट हटाइएका पूर्वप्रधानमन्त्री तथा बरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाललाई सोहि स्थानमा ल्याउन तयार भएका छन्।

अध्यक्ष ओलीले माओवादीबाट आएका राम थापा लगायतलाइ केन्द्रमा राख्ने तर पार्टीका पदाधिकारीलाइ भने सोहि स्थानमा ल्याउन चाहिँ असहमति जनाएका छन्। नेता नेपालको अडान भने पुनर्थापनापछि पहिलो बैठक मानेर जानुपर्ने भन्नेमा रहेको छ। यस बीच भएका बैठकमा अध्यक्ष ओलीले नेता माधव कुमार नेपाल पक्षका नेताहरु घनश्याम भुसाल, योगेश भट्टराईसँगको छलफलमा पनि उक्त कुरा नै बताएको कुरा नेपाल निकट श्रोतको दावी छ।

अध्यक्ष ओली, खनाल र नेपाललाई वरिष्ठ नेता बनाउन पनि प्रधानमन्त्री तयार हुनुहुन्छ, विगतमा स्थायी कमिटीमा रहेका नेपाल समूहका नेताहरुलाई पनि सोही पदमा राख्न तयार हुनुहुन्छ तर विगतको एमालेका पदाधिकारीलाई नै पुनर्बहाली गरेर अघि बढ्न भने तयार हुनुहुन्न। नेकपामा जुन अनिर्णय हुने अवस्था आयो, त्यो भोगाइका कारण पनि यो निर्णय स्वीकार्न उहाँ तयार हुनुहुन्न। पदाधिकारीलाई अर्कै ढंगले व्यवस्थापन गर्ने र निर्णय गर्ने अङ्गका रुपमा भने स्थायी कमिटीमात्र रहने गरी अघि बढ्न तयार रहनुहुन्छ। फागुन २८ गते र त्यसपछि भएका केन्द्रीय कमिटीका सबै निर्णय खारेज गर्ने र एमाले पुनस्र्थापना पछिको पहिलो बैठक भनेर बैठक डाक्नु पर्ने नेपालको अडानमा पनि असहमत हुनुहुन्छ, ओली निकट उच्च स्तरमा रहेका नेताको भनाइ रहेको छ।

अध्यक्ष ओली आठै तहका पार्टी कमिटी, भात्री सँस्था लगायतका निकाय सहमतिका आधारमा मिलाएर अघि बढ्ने बताएका छन्। तर यस बिषयमा माधव कुमार नेपालले भने केन्द्रीय कमिटीको पहिलो बैठक भने नै डाक्नुपर्ने बताएका छन। त्यसमा राम बदहुर थापा सहितका पूर्व माओवादी केन्द्रका नेतालाई पनि सहभागी गराउँदा कुनै आपत्ति नहुने बताएका छन्।

ADVERTISEMENT-----