-सकेट बहादुर बम

अयोग्य लडाकु:नेताका सन्तान अमेरिकाँ ग्राजुएट हामी भने कतारमा पशिना बगाउँदै

Hollywood Khabar January 11,2019 Comments

-सकेट बहादुर बम

नियति नै भयो यस्तै केलाई मान्नु लाज
जहाज चढ्ने रहर मेरो बाध्यता भो आज
 
जवानिका उर्जा सबै क्रान्ति गर्न लाए
न त सिके इलिम केहि नत स्कूल धाए
 
न त मैले पढे हिजो नत पढ्न दिए
घोकेका ती दुइ चार शब्द कमान्डर नै थिए
 
बोर्ड फस्टेको सुन्थ्यौं भाषण खान्थ्यौ यौटै राशन
ल्याउनु पर्छ भनिकन जनबादी शासन
 
कापी पोले किताब च्याते मास्टर पनि चुटे
फरक बिचार राख्न खोज्ने गनी गनी कुटे
 
बुर्जुवा यो शिक्षा यस्तो कामै छैन भनि
बन्दुक बोकी लड्न हिडे संग संगै म नि
 
कलिलैथ्यो उमेर मेरो थियो ढोडे बुद्दि
चाल बाजीको सिकार भको बल्ल आयो सुद्दी
 
कब्जा गर्यौं शासन सत्ता उफ्रे बाह्र हात
माफियालाई काखी च्यापे हाम्लाई हानी लात
 
बन्दुक बोक्दा पक्का भए समायोजनमा कच्चा
थाहा रै छ त यस्ता काममा किन लगेउ बच्चा
 
कामै नभई म्याद थप्दै तिम्ले खान हुने
दुइटा महिना कम्ति हुँदा हाम्लाई पार्यौ रुने
 
बह्रथरी जन्म भका न्यायाधिस बन्ने देशमा
गल्हत्याएर हाम्लाई फालेउ यति सानो केशमा
 
के को आउनु जनबाद के नै पाउनु मैले
पापी पेटलाई पाल्नै पर्यो कतार हिडे अहिले
 
आफ्ना सन्तान पढाएर हाम्लाई लाका लड्न
हाम्ले लुट्या पैसा लगि विदेश गका पढ्न
 
एयरपोर्टमा देखे मैले उनै हाम्रा नेता
पहिला थिए काले झुसे अहिले चिल्ला सेता
 
संयोगले यौटै प्लनेमा भैयो कतार जानी
बिजनेश सिटमा उनि थिए इकोनोमिमा हामी
 
सन्तानको दिक्षान्तमा अमेरिका जादै
खानदानिया राणा ज्वाईलाई पार्सल समेत लादै
 
लाल सलाम कमरेड भने उनले अन्तै हेरे
गलबन्दीले मुहार छोप्दै चस्मा समेत फेरे
 
छुप्यो मुहार कालो चस्मा कल्ले चिन्ने उनलाई
त्यो ठाउमा पुगे उनि बिर्से हाम्रा गुनलाई
 
उनका सन्तान अमेरिका हामी कतार खाडी
भन्यौ एउटा गर्यौ अर्को लुटेउ गति छाडी
 
अन्तराष्ट्रिय अदालतमा नपुगोस यो केश
जे बिग्रेनी हामी विग्रयौं नबिग्रोस है देश

***सकेट बहादुर बम, अयोग्य पूर्व लडाकु, अर्काको भविश्य बर्बाद गराएर कसैले पनि आफ्नो दुनो नसोझ्याउन, जनचेतनाको लागि सक्दो सेयर गरिदिनु होला***