-नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल

एमाले नेता नेपालले अध्यक्ष केपी शर्मा ओलीले गरेको कारबाही अस्वीकार गर्ने

Hollywood Khabar March 29,2021 Comments

नेपाल सरकारका पूर्व प्रधानमन्त्री एवम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री एवम पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेको कारबाही अस्वीकार गर्ने कुरा आफ्नो फेसबुकमा समेत पोष्ट गरेका छन्।

नेता नेपालले विधान विपरित एकपक्षीय रूपमा गरिएका फाल्गुण २८ गतेका निर्णयहरू अमान्य छन्। त्यसका आधारमा स्वघोषित महाधिवेशन आयोजक कमिटीको अध्यक्षलाई कार्वाही गर्ने कुनै अधिकार छैन। सन्चार माध्यममा आए अनुसार आज म र कमरेड भीम रावललाई निलम्वन गरिएको भन्ने कुरालाई म अस्विकार गर्दछु।

नीति, विधि, नैतिकता, मुल्य, मान्यता र मापदण्डको पक्षमा दृढतापूर्वक उभिएका सबै नेता कार्यकर्ताहरूलाई कति पनि विचलित नभई सबैखाले अतिवाद, स्वेच्छाचारिता र गलत प्रवृत्तिका विरूध्दमा दृढतापूर्वक लाग्न र प्रतिवाद गर्न उनले अपिल गरेका छन्।

नेता नेपालको फेसबुकबाट:

सञ्चार माध्यममा आए अनुसार आज म र कमरेड भीम रावललाई निलम्वन गरिएको भन्ने कुरालाई म अस्विकार गर्दछु । विधान विपरित एकपक्षीय रूपमा गरिएका फाल्गुण २८ गतेका निर्णयहरू अमान्य भएको र त्यसको आधारमा स्वघोषित महाधिवेशन आयोजक कमिटिको अध्यक्षलाई कार्वाही गर्ने कुनै अधिकार नभएको स्पष्ट पार्दछु।

नीति, बिधि, नैतिकता, मुल्य, मान्यता र मापदण्डको पक्षमा दृढतापूर्वक उभिनुभएका सबै नेता कार्यकर्ताहरूलाई कतिपनि विचलित नभई सबैखाले अतिवाद, स्वेच्छाचारिता र गलत प्रवृत्तिका विरूध्दमा दृढतापूर्वक लाग्न र प्रतिवाद गर्न हार्दिक अपिल गर्दछु।

टुक्रा टुक्रामा विभाजित कम्युनिष्ट आन्दोलनलाई एकिकृत, विस्तार र विकास गरेको हामीले हो, यसको रक्षा पनि हामीले नै गर्ने हो, मैदान छोडेर भागिने छैन, नेकपा (एमाले) हामीले निर्माण गरेको पार्टी हो, नवौं महाधिवेशनमा हाम्रो नीति पास भएको हो, अत: निराश होइन दृढ बनेर कम्युनिष्ट आन्दोलनको रक्षा गरौं।