-नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री अर्जुन नर्सिंह के सी

नेकपाहरु टुटुन,फुटुन वा जुटुन यो उनकै समस्या हो

Hollywood Khabar November 21,2020 Comments

नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री अर्जुन नर्सिंह के सीले नेपाल कम्युनिष्ट पार्टी टुटुन,फुटुन वा जुटुन यो उनकै समस्या हो भनेका छन।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटको संघारमा पुग्दै गर्दा प्रधानमन्त्रीले नेपाली काँगेसका सभापति शेर बहादुर देउबालाई बोलाएर मिलिजुली सरकार बनाउने प्रस्ताव राखेको कुराप्रति नेता के सीले फेसबुक र ट्विट्टर गर्दै यस्तो बिचार दिएका हुन्।

उनले भनेका छन्, नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेससँग सयुक्त सरकारको प्रस्ताव राखेको हल्ला छ। स्थिरता, समृद्धि र स्वर्ग लाने भ्रम छरेर आएको, भ्रष्टाचारमा चुर्लुम्म डुबेकासँग, फोहोरको भारी बोक्न यसमा संलग्न हुनु वा सत्तामा जाने हतार गर्नु नेपाली काँगेसको निम्ति आत्महत्या हुनेछ। उनीहरू टुटुन, फुटुन वा जुटुन यो उनकै समस्या हो।