२०२० को भ्रमण वर्ष सफल बनाउन परराष्ट्रमन्त्री ज्ञवालीले आह्वान

Hollywood Khabar September 23,2018 Comments

न्युयोर्क
परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन सबैलाई आह्वान गरेका छन् । 

अमेरिकी संस्था सुखी न्यूयोर्क र नेपाल अमेरिकी फाउन्डेसन साथै न्युयोर्कस्थित महवाणिज्यदूतावासले न्युयोर्कमा आयोजना गरेको नेपालको झण्डोतोलन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले भ्रमण वर्ष सफल बनाउन सबैजना एकजुट हुन आवश्यक रहेको औंल्याएका हुन् ।

प्रवासमा रहेका नेपालीहरुको यसमा महत्वपूर्ण भुमिका हुन्छ, ’ मन्त्री ज्ञवालीले भने । ‘ तंपाईहरुले जति प्रचार गर्नुहन्छ, त्यति नै सबैमा यसबारे जानकारी पुग्छ । सरकारले दुई वर्ष्भित्र २० लाख पर्यटक ल्याउन ‘नेपाल भ्रमण वर्ष २०२०’ अभियान घोषणा गरेको जानकारी गराउंदै यो सबैको पहलमा मात्र संभव हुने बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिने सिलसिलामा मन्त्री ज्ञवाली अहिले न्युयोर्कमा छन् ।