-नेपाल प्रेस यूनियन युरोप

पत्रकारप्रति अपशब्द बोलेकोमा नेपाल प्रेस यूनियन युरोपद्वारा खेद प्रकट

Hollywood Khabar December 02,2020 Comments

प्रेस विज्ञप्ति

गैरआवासीय नेपाली संघ यूकेका मनोनित सदस्य तथा हङ्कङ् नेपाली मञ्च यूकेका अध्यक्ष हरीप्रसाद गुरुङ्ले (उर्फ ह्यारी गुरुङ्ग) सामाजिक सञ्जालमा पत्रकारलाई प्रयोग गरिएको असामाजिक, अमर्यादित भाषाशैली, टिपण्णी र व्यवहारप्रति नेपाल प्रेस यूनियन युरोप खेद प्रकट गर्दछ।

पछिल्लो समयमा निकै विवादास्पद छवी बनाएका गुरुङलाई गैर-आवासीय नेपाली संघ, यूकेले सदस्यमा मनोनित गरेपछि उनले प्रयोग गर्ने असभ्य भाषा, धम्की र अभद्र व्यवहारले यूके र युरोप आसपासमा बस्ने प्रवासी नेपालीहरूलाई अत्यन्तै दुःखी बनाएको छ ।

निजको व्यवहारमा कुनै परिवर्तन नआएमा हामी सम्बन्धित देशको प्रचलित कानून बमोजिम कारवाही गर्न गराउन वाध्य हुने र समाजका सबै निकायलाई पत्राचार गरिने यसै विज्ञप्ति मार्फत स्मरण गराउन चाहान्छौ ।

ह्यारी गुरुङ्ले राइट नेपाल डटकमका सम्पादक भोला लामिछानेलाई समाचार लेखेकै आधारमा सामाजिक सञ्जालमा गाली बेइज्जत गर्दै टेलिफोन मार्फत पनि धम्काएका थिए । समाचारमा चित्त नबुझे कानूनी माध्यम वा अन्य प्रकृयाबाट समाधान खोज्न सकिने प्रावधान हुदाँहुदै जंगली व्यवहार देखाउनु निन्दनीय छ।

प्रवल भट्टराई

सचिवालय प्रमुख

१२/२/२०२०