तस्बिर वेब

नेपालको पहिलो स्याटेलाइट सफलतापूर्वक प्रक्षेपण, प्रधानमन्त्रीद्वारा वधाई

Hollywood Khabar April 17,2019 Comments

५ वैशाख काठमाडौं । नेपालले गएराति २.३१ बजे आफ्नै स्याटेलाईट पहिलोपटक प्रक्षेपण गरेको छ।नेपालको पहिलो भुउपग्रह ‘नेपाली स्याट–१’अमेरिकाको भर्जिनियास्थित वल्लोप्स टापुमा रहेको नासाको केन्द्रबाट प्रक्षेपण गरिएको हो।

नेपाली बैज्ञानिकहरु आभास मास्के र हरेराम श्र्रेष्ठले निर्माण गरेको स्याटेलाईटमा नेपाली राष्ट्रिय झण्डा नाष्टको लोगो राखिएको छ।उनीहरु दुवैजना जापानको क्युसु विस्वविद्यालयमा अध्ययनरत नेपाली बैज्ञानिक हुन्।

यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले सबै बैज्ञानिकहरुलाई वधाई दिएका छन्।उनले नेपाल अन्तरिक्ष युगमा प्रवेश गरेको बताउँदै खुशी व्याक्त समेत गरेका हुन् ।