नेपाली अमेरिकी समाजका २०७५ का प्रमुख गाइजात्रा

Hollywood Khabar August 26,2018 Comments

कृष्ण के सी/अमेरिका
यो लेख नेपाली पर्व गाइजात्राको उपलक्षमा ब्याङ्ग लेखनको निरन्तरता दिने प्रयास स्वरुप गाइजात्राको लेख हो। यसमा कुनै सत्यता छैन र यो केवल मनोरंजनको लागि एउटा गाइजात्रा लेख मात्र  हो। 
 

गैरआवासीय नेपालीको उप नागरिकता तुहियो
आफ्नो कर्मभूमीको संगै जन्मभूमीको पनि उपनागरिकता लिने सपना अब तुहिएको छ। संसार भरमा गरेर नेपालको जम्मा जनसंख्याको एक तिहाइ नेपाली त नेपाल बाहिर छन। तिन मध्ये अन्य देशका नागरिकता लिएकाहरुको लागि पुनर्ताजकी स्वरुप उपनागरिकता दिने संबैधानिक धारा १४ को हक अब तुहिएको छ। 
नेपाल सरकारले त्यसलाई तुहियाउन हाल संसदमा कुहियाउने घान हालेको छ। केहि दिन पछि त्यो कुहिएको ऐनले गएर आ बासी नेपाली नगरिकता संबैधानिक लिलाममा राखिने भएको छ। ओलीलाइ झोलीमा देउ, दिसाब छिन नत्र भने विदेशतिर हिंडको नीति अबलम्बंन गरिएको कुरा संसदलालबाट गाइजात्रे खबर आएको छ।     

भिजिट भिसाका आफ्नै नागरिक पनि गैरआवासीय नेपाली
नेपाली पासपोर्ट चलाउने कुनै पनि देशको स्थायी बासिन्दा भनेको नेपाली नै हुन् भन्ने कुरा नेपाल सरकारलाइ कहिलै पनि थाहा रहेनछ। अब त्यो पनि गैर आवासीय नेपाली भएको छ। यतिले मात्र नपुगेर ६ महिना भिजिट भिषामा जाने पनि गएर आ बासी नेपाली हुने कुराको नयाँ ठेक्का सोहि संस्थाका संस्थापक साहुजी बैद्यनाथ महतले लिएको कुरा संघका प्रष्ट बक्ता बिभिशनले इमेल रिलिज गरेका छन्। यो कुराले संस्थामा हजुरबा, बा र जिबा अनि सानिमा पटिका बैङ्कटेश्वरहरुलाई पनि ठूलो धक्का परेको गाइजात्रा छ।  

नेपाली जनसम्पर्क समितिको बिघटन 
नेपाली कांग्रेसको भात्री संगठन नेपाली जनसम्पर्क समितिलाइ बिघटन गरिने भएको छ। काँग्रेसलाइ अमेरिका तिरका सिस्नु दुइबेदीले गोटा एक नेतोलाइ डामडुमको जाइफोन उपहार दिएको कुराले बिश्व भरि नै गाइजात्र भएको छ। त्यसैको कारण उनको ब्रमाण्ड प्रपन्च समिति गठन गरिएको हो।   तेही जाइफोनको कमालले गर्दा जनसम्पर्क समिति अमेरिका बिघटन गरेर अर्का धुपौरेलाइ टिक्याउने गाइजात्रे खबर छ। नयाँ टिकेमा च्याँखे प्रसाद पासवानको प्रवल दुर्भावना बढेको कुरा पनि गाइजात्रे खबर छ।

नजाबाट उताजा उताजाबाट भूजा गठन हुँदै
नेपाली मूलाधारका भूतपूर्व पत्रुकारहरुको संस्था नेपालबाट अमेरिका रिपोर्टिङ्ग गर्न जा अनि उतै बस, बिस्तारितमा नेपाल नजाने अर्थात नजाबाट चोइटिएर बनेको अर्को संस्था उताजा छ। इन्द्रको जस्तै जाल बुन्ने पत्रुकारहरुको बाहुल्यता भएकोले यसलाई म हाम म हिम ले नजाकरणी उताजाभरणी गरेको अर्को गाइजात्रे खबर छ। ति दुवैलाइ चुनौती दिंदै भूतपूर्व पत्रुकारहरुले अब बाहुबलीका जस्तै भूजा निकालेर नाम भजाउन भूजाको गठन गर्ने भएको गाइजात्रे खबर पिके रेडियोमा छ। 

नेकपाको प्रवासी, अध्यक्ष दर्जन जति
नेपाल कन्यूनिष्ट पार्टीको अमेरिका स्थित भगिनी संस्था आप्रवासी चौतारीले आफ्नो बिधानमा दर्जन जति अध्यक्ष राख्ने भएको छ। माउ पार्टी नेपाल कम्यूनिष्ट पार्टीमा भएको सुइ-बुझा जस्तै अमेरिकामा पनि तेसो गर्ने भएका छन्। सो कुरा सोहि संस्थाका बरिष्ठ अध्यक्षले बताएका छन्। माउपार्टीमा पनि दुइ-दुइ अध्यक्ष भएपछि अमेरिकामा पनि उक्त चौतारी संस्थाले बरिष्ठ अध्यक्ष, अध्यक्ष, सहअध्यक्ष, उपअध्यक्ष, सहायक अध्यक्ष, राज्य अध्यक्ष, क्षेत्र अध्यक्ष, दक्ष, अर्ददक्ष, रुद्राक्ष, कटाक्ष सबै राख्ने भएको गाइजात्रे खबर छ।  

जति धेरै जनजाती उति धेरै खुरापाती 
अमेरिका स्थित जनजातीहरुको महासंघमा मन्त्री धेरै हुँदा लडाइ बिग्रेर झुण्ड झुण्डमा विभाजित भएको गाइजात्रे खभर छ। महासंघका एक उपमानार्थ अध्यक्षले अब जति धेरै जनजाति उति धेरै खुरापाती भएको कुरा गाइजात्रे पाराले बताए।

तामांङ्गला नाम्सा जातनाङ्ग्रि दिम्सा दिम्सा कि
अमेरिकामा तामाङ्हरुको पनि बेहाल भएको छ। गाउँ-गाउँ र घरघरबाट छुट्टा छुट्टै तामांग सोसाइटी उत्तर अमेरिका भरि बनाउने गाइजात्रे होडबाजी चलेको खबर छ। यसलाई गाइजात्रे भाषामा तामांङ्गला नाम्सा जातनाङ्ग्रि दिम्सा दिम्सा कि उर्फनामाकरण भजिएको छ।

१० लाखको एक, हातालाग्यो सत्तरी कस्ता होलान धत्तेरी
सान फ्रान्सिस्को स्थित नेपालीहरुको भजन मण्डली बनाउन एउटा धार्मिक औडाहाको आयोजना गरिएको थियो। नेपाङ्ग्रेजीमा बिध्याबारिधि धुरन्धर बिध्वान पोखरामा रेलको अंग्रेजीमा पुराणवाचन अनि गायन तथा नृत्यबाट प्रभावितहरुले १० लाख डलरको उधारो लिलामा बढाबढ गरको कुरा किड्नीबिन नेपालमा गाइजात्रे खबर छ। उक्त फेसबुक बोलकबोल अनुसार १० लाख उठ्ने भनिएता पनि हात भने ७० हजार मात्र लागेको गाइजात्रे समाचार पढेर ११ जनाको आन्दोलन राती भरि हुँदा कन्चटपुरामा गोली चलाउन परेको कुरा गाइजात्रे टेलिभिजनमा देखाइएको छ। 
त्यसपछि एक पिकनिक कार्यक्रममा उक्त धार्मिक औडाहका आयोजक मध्ये मुख्य जिम्मेवार व्यक्तिलाई छोटकरीमा स्टेजमा बोलाइ दिंदा झगडा भएकोले मेट्रो रेल १ घण्टा रोकिन परेको गाइजात्रे खबर छ। 
इतिश्री गाइजात्रं समाप्तं !