-कांगेसका २६ जनसम्पर्क समितीलाई अधिवेशन निर्णय, अमेरिका र क्यानाडामा कठिन

कांगेसका २६ जनसम्पर्क समितीलाई अधिवेशन निर्णय, अमेरिका र क्यानाडामा कठिन

Hollywood Khabar February 18,2021 Comments

कृष्ण के सी, अमेरिका, फेब्रवरी १८, २०२१

नेपाली कांगेस पार्टीको फाल्गुण ५, २०७७ मा पार्टी सभापति शेर बहादुर देउबाको सभापतित्वमा बसेको बैठकले २६ देशका नेपाली जनसम्पर्क समितीलाइ ६ महिनामा अधिवेशन गर्न निर्णय गरेको छ। विश्व भरिमा ३५ देशमा रहेका जनसम्पर्क सामितिहरु मध्ये २६ देशमा अधिवेशन भएका छैनन। अब भद्र ७ देखी सुरु हुने १४ औं महाधिवेशन तोकिएको छ।

फाल्गुण ५, २०७७ को पार्टी बैठकमा नेपाली कांग्रेस महामन्त्री पूर्ण बहादुर खड्काद्वारा प्रस्ताव गरिएका एजेण्डाहरु मध्ये नेपाली कांग्रेसको बिदेशस्थित नेपाली जनसम्पर्क सम्पर्क समितीहरुको अधिवेशनबारे पनि निर्णय गरिएको छ। तर अधिवेशन गर्नुपर्ने २६ देश मध्ये अमेरिका, क्यानाडा, बेलायत, कोरिया, जापान लगायत देशमा एकदम विवाद बढेको छ।

क्यानाडा र अमेरकामा त अधिवेशन गर्न सहज परिस्थित नै छैन। पार्टीले अर्को निर्देशनको निर्णय पनि गरेको छैन। वर्तमान स्थितिमा अधिवेशन हुन सहज पटक्कै छैन। यसलाई पहल कसले गर्ने र आयोजना कसरी हुने भन्ने कुराको जवाफ कसैसंग पनि छैन। एउटालाई च्यापेर जाने र अर्कोलाई छाडेर जानसक्ने अवस्था त पटक्कै छैन। यी देशमा यथास्थितमा भन्दा पार्टीले नयाँ निर्वाचन समिति बनाउनु सहज देखिएको छ।

अधिवेशन गर्नुपर्ने जनसम्पर्क समितिहरुमा

  • भारत
  • अमेरिका
  • इटाली
  • जर्मनी
  • स्पेन
  • कतार
  • मलेशिया
  • न्यूजिल्याण्ड
  • पोल्याण्ड
  • चिन
  • फिनल्याण्ड
  • आयरल्याण्ड
  • स्विडेन
  • स्विट्जरल्याण्ड
  • साउदी अरब
  • बेल्जियम
  • जापान
  • अष्ट्रेलिया
  • दक्षिण कोरिया
  • पोर्चुगल
  • मकाउ
  • बहराइन
  • ओमान
  • फ्रान्स
  • लक्जम्बर्ग
  • बेलायत