तस्बिर वेब

नेपाली भाषाका आदिकवि भानुभक्तको २०६औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरि मनाइँदै

Hollywood Khabar July 12,2019 Comments

२९ असार काठमाण्डौ।नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २०६औँ जन्म जयन्ती आइतबार देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ।सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवाद सहितको‘रामायण’प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाउनु भएको थियो।उहाँले लेख्नुभएको रामायण अहिले पनि नेपालीको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ।

श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहले भौगोलिकरूपमा एकीकरण गर्नुभएको नेपाललाई आदिकवि भानुभक्तले भाषा,साहित्य र संस्कृतिमार्फत एकीकरण गर्नु भएको थियो।विसं १८७१ मा तनहुँको चुँदीरम्घा गाउँमा जन्मिनु भएका भानु भक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’, भनी अर्ती उपदेश दिनु भएकाले उहाँ रामायणलाई नेपालीमा रचना गर्न प्रेरित हुनुभएको थियो। 

‘बधुशिक्षा’उहाँको अर्को प्रसिद्ध कृति हो।यसैगरी ‘प्रश्नोत्तर’,भक्तमाला’,‘रामगीता’,फुटकर रचनालगायत कृति छन्।कुमारी चोकको हिसाब मिलाउन नसकेर झ्याल खानामा परेका आदिकवि आचार्यले सरकारी कार्यालयमा हुने ढिलासुस्ती र ‘भोलिवाद’का कट्टर विरोधी भएर कवितामा भोलिको विरोध गर्दै लेख्नुभएको थियो– ‘भोली भोली भन्दैमा सब घर बितिगो बक्सियोस् आज झोली’ ।