NRNA: नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाई

Hollywood Khabar March 19,2018 Comments

बधाई सन्देश
नयाँ इतिहास रच्दै पहिलो पटक नेपाललाई अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटको मान्यता पाउनु समस्त नेपालीको गौरवको विषय हो । क्रिकेट टोलीको अथक मिहेनतबाट प्राप्त यो सफलताले नेपालीहरुमा खेल क्षेत्रप्रति नयाँ आशा पलाएको छ। नेपाली क्रिकेट टिमको यस सफलताले विश्वभर फैलिएर रहेका नेपालीहरुले गर्वको अनूभूति गर्न पाएका छन्। यस अवसरमा नेपालको यस सफलताका लागि क्रिकेट टोलीलाई हार्दिक बधाई दिंदै उत्तरोत्तर प्रगतीको कामना गर्दछौं ।
नेपाली क्रिकेट टोलीले आगामी दिनमा पनि प्राप्त सफलतालाई स्थापित गरी अघि बढ्ने विश्वास लिएका छौं। साथै सम्पूर्ण क्रिकेटप्रेमीहरु प्रति गैरआवासीय नेपालीहरुको साथ, सहयोग,सद्भाव र शुभेच्छा सदैव रहने विश्वास दिलाउन चाहान्छौं।
प्रवक्ता
भूषण घिमिरे,
गैरआवासीय नेपाली संघ,
अन्तर्राष्ट्रिय समन्वय परिषद्