-जनसम्पर्क अमेरिका:अधिवेशन नै असहमति र विवाद टुंगो लगाउने उपाय हो:कार्की

जनसम्पर्क अमेरिका:अधिवेशन नै असहमति र विवाद टुंगो लगाउने उपाय हो:कार्की

Hollywood Khabar February 11,2020 Comments

कृष्ण के सी/अमेरिका/२/१२/२०

जनसम्पर्क समिति अमेरिकाको अधिवेशन अप्रिल ११-१२, २०२० मा हुने भनि निर्णय गरिएको छ। २७ जनाको कार्यसमितिका सदस्यहरु बिष्णु सुवेदी र प्रमोद सिटौला बाहेक सबैले एकैमतले सो निर्यणको पक्षमा मत दिएका थिए।

यसपछि बजारमा थुप्रै खाले विचार र तर्क-वितर्क आएका छन्। यसै विषमा नेपाली जनसम्पर्क समिति अमेरिकाका केन्द्रिय सदस्य तथा डालस च्याप्टरका अध्यक्ष ज्ञानेन्द्र कार्कीले पनि आफ्नो धारणा राखेका छन्।

महामानव बिशेश्वर प्रसाद कोइरालाले स्थापना गरेको नेपाली जनसम्पर्क समिति विवादित भन्दा पनि परिस्कृत र समय सन्दर्भ अनुसार सम्मानित रुपमा लैजानु पर्छ। आफू यो समितिको एक हिस्सा हुन पाएकोमा खुशी व्यक्त गर्दछु, कार्कीले भने।

नेपाली पासपोर्ट चलाउनेलाई नेपाली काँग्रेस पार्टीको सदस्यता खुल्ला नै छ। अब यो जनसम्पर्क समिति भनेको नै बिदेशमा बस्ने, नेपाली काँग्रेससँग आस्थावानहरुको लागि हो। अनि विदेशमा बस्नेले यसको सदस्यता नलिएर नेपालमा नै बस्नेले लिने कुरा पनि त आएन। यसमा विवाद गर्नु पर्ने ठाउँ नै मैले देखिन। जो जो नेपाली काँगेसको आदर्श मान्ने नेपाली मुलको व्यक्ति छ उसले सदस्यता पाउने भयो। विश्वोभरि छरिएर रहेका लाखौं नेपाली काँग्रेसका कार्यकर्ता, सुभचिन्तक र समर्थकहरुको संख्यालाई बाइपास गरेर जानु पनि कदापि हितको कुरा होइन।

नेपाली जनसम्पर्क समिति अमेरिकाको टेक्सस अधिवेशन २०१४ र भर्जिनियाको साधारण सभाले पास गरेको बिधान अनुसार बनाइएको च्याप्टर गाइडलाइन अनुसार सदस्यता दिने हो। तर नेपाली कांगेसको नेपालको संघिय संरचना अनुसार बनाइएको निर्देशिका र विधानलाई पनि ख्याल गरि त्यसलाई टेकेर जानुपर्छ। अहिलेको च्याप्टर गाइड लाइन अनुसार अमेरिकामा रहेका नेपाली मुलका जो नेपाली कांग्रेसको आदर्शलाइ स्विकार्ने, कानुनी र उमेरको हद पुगेका सबैलाई सदस्यता दिन मिल्छ।

अब नेपाली काँगेसको महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यको कुरा पार्टीले आफैं बनाएको छ। हामीले टाउको दुखाउनु पर्ने कुनै कारण नै छैन। अब अहिलेको नेपाली जनसम्पर्क समिति अमेरिकाको हालको च्याप्टर अधिवेशन गाइड्लाइन अनुसारको अधिवेशन गर्ने हो। यसै परिधिमा रहेर हामी च्याप्टर अधिवेशनमा जुटिरहेका छौं, सबैको सहभागिताको लागि अनुरोध पनि गर्दछु।

अब समितिको केन्द्रिय अधिवेशनको लागि मिति नै तोकिसकेको अवस्थामा यसलाई सोहि मिति र समयमा नै सम्पन्न गर्नुपर्छ। बिधानत ३ बर्षमा सम्पन्न गर्नुपर्ने अधिवेशन २०१४ पछि २०१७ मा नै हुनुपर्ने हो। ऐले २०२० मा पुग्दा चौथो अधिवेशन हुनुपर्नेमा हामी तेश्रो अधिवेशनकै कुरामा अल्झेका छौं। हामी एक कार्यकाल पछाडी परिसकेका छौं।

त्यसैले यो अधिवेशन गरेर बिधान र अन्य नमिलेका सबैकुराहरु अधिवेशनबाट नै सम्पन्न र सुधार अनि परिमार्जन गरौँ। अधिवेशन समयमा नै गरौँ यो नै सबै विवाद र मन मुटाव समाधान गर्न विशिष्ट उपाय हो, सबै जुटौं र अधिवेशन सम्पन्न गरौँ, कार्कीले भने।