https://www.youtube.com/embed/JGEgnmd7AZg

काँग्रेसलाई जिताउन लाग भन्दै नेपाली शिर्ष नेता नाचेको भिडियो

Hollywood Khabar May 01,2017 Comments

‘उठ हे उठ नेपाली, जाग हे जाग नेपाली, काँग्रेसलाई जिताउन लाग नेपाली’ भन्दै कांग्रेसका नेता नाचेको भिडियो चर्चित बनेको छ। 

पोखरामा भएको प्रदेश नम्बर ४ को काँग्रेसको चुनावी सभामा प्रस्तुत गरिएको गीतलाई नै समेटेर भिडियो तयार गरिएको हो। पोखराको कार्यक्रमका विभिन्न पाटोहरुलाई समेटेर तयार गरिएको भिडियोमा देशका विभिन्न भेग, भाषा, संस्कृती, जात जातीले नेपाली काँग्रेसको पक्षमा देखाएको भरोसाको बारेमा बयान गरिएको छ। 

गीतमा काँग्रेसका केन्द्रीय तहका नेताहरु मच्चीमच्ची नाचेको देखाइएको छ। नेपाली काँग्रेसका विभसन्न तहका नेताहरुलाई म्युजिक भिडियोमा समेटिएको छ। यो गीतले काँग्रेसले चुनावमा नजिते देश बिग्रने बताइएको छ।  

चोलेन्द्र पौडेलको शब्द तथा लयमा रहेको यो गीतमा चोलेन्द्रसंगै जुना श्रीष मगर, रामजी पौडेल, चन्द्र कार्की, कृष्ण सुवेदी, ज्योती लोहनी, अमर धितालको स्वर रहेको छ। भिडियो आचार्य डिजिटल पोखराले उत्पादन गरेको हो।