कांग्रेसी हारको अरु कारण किन खोज्छन् ?

Hollywood Khabar December 08,2017 Comments

इशान शर्मा/अमेरिका

यो निर्वाचन पछि नेपाली कांग्रेस ७० वर्ष लामो इतिहास मै सवै भन्दा कमजोर अवस्थामा संसद र सडकमा रहने छ । यो अवस्था कसरी आयो निर्मम समिक्षा गर्नै पर्ने हुन्छ । वामशक्ति यो आकारमा आउनुमा कांग्रेस नै मुख्य जिम्मेवार हो । त्यसमा पनि आफ्नो स्वार्थ र शक्तिका लागि पार्टि नै फुटाउन समेत पछि नपर्ने पार्टि सभापति शेर वहादुर देउवा नै यसको मुख्य जिम्मेवार हुन् । पार्टी भित्र मौलाएको गुठवन्धि, नातावाद, कृपावाद, भनसुन र आर्थिक चलखेलले नै पार्टीलाई यो हालतमा पु¥याएको हो ।
अमेरिकामा वसेर नेपाली कांग्रेस हारेकोमा निरास देखिनेहरु आफूले के गरिरहेका छौ भनेर सोच्न सक्दैनन् । पार्टि भित्रकै अर्को नेता र कार्यकर्तालाई आफ्नो ठुलो दुश्मन देख्ने, उसको पराजयमा आफ्नो विजय ठान्नेहरु नै अहिलेको सर्वनाक हारमा अरुलाई दोसी देख्छन् ।
त्यसैको फलित प्रभावको स्वरुप आएको नेपाली जनसंपर्क समिति अमेरिका भित्रै गुठ र उपगुठमा विभाजितहरु एउटै मन्चमा आमने–सामने भएर वस्ने र कुरा गर्ने अवस्थामा समेत छैनन् । यो प्रबृति र चरित्र टुप्पो देखि जरासम्म फैलिएको छ । भन्नुस तपाईहरु नै कांग्रेसले पुनर्जिवन कहाँवाट पाउँछ।
अर्को पनि अमेरिकाकै पछिल्लो घटनालाई हेरौं। कुनै समय कांग्रेस भित्र सक्रिय रहेका डाक्टर केशव पौडेल, रविना थापा, कृष्ण पोखरेल एनआरएनएको यात्रामा एक अर्काको सहयोगि हुन सकेनन् ।  आपसी भिडन्तमा जाँदा प्रतिष्ठा र इज्जत गुमाए । त्यति मात्र होइन पार्टिगत आस्था एउटै हुँदा–हुँदै पनि अहिले एउटै मन्चमा वस्न समेत नसक्ने अवस्थामा पुगेका छन् । पौडेल, थापा र पोखरेल आपसमा मिलेका भए अहिले केन्द्रिय उपाध्यक्ष, आरसी र अमेरिकाको अध्यक्षमा तिनै जना अटाउने थिए । तर यसको भरपुर फाईदा फरक राजनीतिक पृष्ठभुमिका गौरी जोशी, सन्जय थापा लगायतकाले लिन पुगे। नेपाली कांग्रेसको दुर्गति पनि यी र यस्तै यस्तै मतिका कारणले नै भएको हो ।
नयाँ संविधानको जगमा स्थानिय निर्वाचनपछि भएको प्रदेश सभा र राज्य सभाको निर्वाचनमा वाम गठवन्धनले अकल्पनिय सफलता हात लगाउदै गएको छ । अव गठवन्धन निर्माण र चुनावी रणनीति निर्माणमा आफ्नो विशेष भुमिका रहेको जिकिर गर्दै आफूलाई सर्वश्रेष्ठ ठहर गर्ने होड सुरु हुन्छ । यहाँ महाभारतको एउटा प्रसंग सान्दर्भिक हुनआउछ । जसरी  महाभारत युद्ध जितेपछि पाँच पाण्डवले आ–आफ्नो भुमिका विशेष रहेको दावी गरेका थिए । पाँच भाइ भिन्न खालका विशिष्ट युद्ध कलामा पोख्त थिए । आफ्नो युद्धकला, शैलि र वल नै युद्ध जित्ने आधार भएको दावी गर्न थाले । पाँच भाइमा देखिएको यो अहमताले अर्को विनास निम्त्याउछ भन्ने श्रीकृष्णले बुझिहाले ।
पाँचै भाइलाई नजिकै रहेको डाडाको टुप्पोतिर लिएर गए। जहाँ खटुश्यामको काटिएको टायको राखिएको थियो । जसले महाभारतको पुरै युद्ध हेरेको थियो । पाँचै भाइले खटुश्यामलाई महाभारत युद्ध जित्न हजारौं योद्धाको वध गरेको र  युद्ध कौसलता प्रदर्शन गरेको बताए । खटुश्यामले हास्दै भने यो युद्ध जित्न तिमिहरुको खासै भुमिका छैन । पाण्डवहरु अचम्मित भए । खटुश्यामले भने युद्धभुमिमा केबल एउटा सुदर्शन चक्र घुमिघुमि वध गरिरहेको थियो । तिमिहरुले चलाउने हरेक अस्त्रमा सुदर्शन चक्रसँगै गएर योद्धाहरुको वध गर्दथ्यो । पाँचै जना आफ्नो कारणले युद्ध जितको जस लिने हर्कतवाट वाहिर निस्किए । त्यसपछि राज्यसन्चालन जादा भए । राज्य भित्र पुरुष थिएनन् । विधुवा, वालक वुढाबुढि घाइते अपांग, रोग शोक, भए र विलापमा डुवेको समाज वाकी थियो । सवैको चाहाना र आस पुरा गर्नसक्ने ठाउँनै थिएन ।
अहिले नेपालमा ठिक यस्तै अवस्था छ । भारतको नाकावन्दिले पिल्सिएका आम मानिसमा रहेको राष्ट्र प्रतिको प्रेमभावमा आगो लगाईदिएर प्राप्त गरेको लोकप्रियताले नै वाम गठवन्धनलाई राज्यसत्ताको बागडोर सम्हाल्ने ठाउँमा पु¥याइदिएको छ। विगतलाई हेर्ने हो भने भारत विरोधि देखिएर जित हात लगाए नेताहरु नै सवै भन्दा वढि भारतसामु लम्पसार पर्न दौडधुप गर्छन् । आफूलाई ठुलो सेवक र शक्तिसालि भएको देखाउने प्रयत्न गर्छन् ।  भारतले उनिहरुलाई निरिह बनाउदै निचोरेर फलाइदा लिन्छ । अनि उनिहरु राज्य र जनता प्रतिको प्रतिवद्धतावाट विमुख हुँदै जान्छन् । भोलिका दिनमा देखिने यहि हो ।
प्रदेश सभाको भवन नै छैनन् । खुला आकास मुनि प्रदेश सभा सन्चालन गर्नु पर्ने अवस्था छ । अहिलेको संविधान अनुसार संघिय सरकारका संरचना निर्माण गरेर काम गर्नु पर्ने हुन्छ । भौतिक पुर्वाधार निर्माण भाषण गरे जति सजिलो  छैन । ४० लाख भन्दा वढि युवा विदेसिएको देशमा विकासमा युवा शक्तिलाई समाहित गर्न पनि सजिलो छैन ।  वुढावुढी, केटाकेटी, रोगि र निसाहाय समुह वीचमा वसेर काम गर्नु पर्ने वाध्यता जस्तो छ । यो राज्यसत्तामा रहनेहरुका लागि चुनौति हो ।