-नेपाली काँग्रेस पार्टी सभापति शेर बहादुर देउबा

कोरोनाको महामारीसँगै अल्झिएको काँग्रेस र प्रश्नको घेरामा पार्टी महाधिवेशन

Hollywood Khabar December 09,2020 Comments

कृष्ण के सी, अमेरिका, १२/१०/२०

नेपालको प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले आफ्नो महाधिवेशन बिर्सेको छनक देखिएको छ। झिना मसिना कुरामा आन्दोलन गर्ने तर पार्टीको आफ्नै महाधिवेशनको लागि तयारी र सुरक्षाको ध्यान नदिएको देखिएको छ। नेपाली काँग्रेस पार्टी सभापति शेर बहादुर देउबालाइ क्याबिनेट घेरा तोडेर बाहिर हेर्ने फुर्सद नै छैन।

गत वर्ष धेरै चलेको पार्टीको महाधिवेशन कोरोनाको महामारीले गर्दा सेलाउन गयो। पार्टीको राजनैतिक गतिबिधिमा फरक पाना आयो। कांग्रेसमा एकातिर गुटगत प्रतिस्पर्धा त छ भने अर्को तिर मुख्य बिषय भन्दा सहायक बिषयले स्थान पाएको छ।

राष्ट्र र राष्ट्रियतामा नेपाली काँग्रेस बलियो भएर आएको छैन। सिमा संबन्धि बिषय काँग्रेस हिच्किचायो। महाधिवेशनलाइ पनि बहान खोजरे बैधानिक बाटो छल्ने खोज्दै त छैन भन्ने आशंका पनि देखिएको छ। अर्कोतिर कृयासील सदस्यता संबन्धि विवाद चुलिएर गएको छ भने भात्री संस्थाहरु, एकाइहरुको अधिवेशन संबन्धि काँग्रेस मौन रहेको छ।

विदेश स्थित रहेका जनसम्पर्क समितिहरुको त हालत नै खराव छ। करिव तीन दर्जन पुग्ने लागेका जनसम्पर्क समितिहरुमा आधा भन्दा धेरैको कार्यकाल समाप्त भैसकेको र थप गरिएको समय सकिएको पनि महिनौं भएको छ। कोरोना संसारले झेलेका छन् तर काँग्रेसले न त पार्टीलाई फरक गतिमा लग्न सकेको छ न आफ्नो महाधिवेशनलाइ फोकस नै गर्न सकेको अवस्था छ।

गत महाधिवेशनको ६ महिनामा गर्नुपर्ने काम आझ भोलि पदावादी समाप्त भएको अवस्थामा गर्ने कुरालाइ पार्टीका महामन्त्री डा शशांक कोइरालापक्ष, नेता प्रकाशमान सिंहहरुले बिरोध गरेका छन्। अझै पनि पार्टीको महाधिवेशनका गति बढाएको अवस्था छैन। तर मनोनयन भने तिब्र गतिमा गराइएको छ।