-नेपाली काँग्रेसको १४ औँ महाधिवेशन भाद्र ७ देखि १० सम्म हुने

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन भाद्र ७ देखि १० सम्म, प्रस्तावित तालिका सहित

Hollywood Khabar February 17,2021 Comments

हलिउडखबर, फेब्रवरी १८, २०२१

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन आगामी भाद्र ७, ८, ९ र १० मा गरिने निर्णय नेपाली कांग्रेसको बैठकले निर्णय गरेको छ।

नेपाली कांग्रेस पार्टीको बिधान अनुसार हुनुपर्ने महाधिवेशनको मिति समाप्त भएर बिशेष कारण गरिएको एक बर्ष पनि समाप्त भएपछि पार्टीले सो निर्णय गरेको हो। पार्टीको बिधानको बैधानिक हैसियत समाप्त भएकाले पार्टीले निर्वाचन आयोगको ब्यबस्थालाइ आधार मानेर यो निर्णय गरेको छ।

पार्टीको विधान अनुसार वर्तमान नेतृत्वको ४ वर्षको अबधि गत फाल्गुणमा समाप्त भएको थियो। यस अघि एक वर्ष कार्यकाल थप गर्दै १४ औं महाधिवेशन फागुन ७ देखि गर्ने निर्णय गत माघ १३, २०७६ मा बसेको केन्द्रीय समिति बैठकले गरेको थियो। त्यो अबधि पनि समाप्त भएपछि फेब्रवरी १७, २०२१ बुधबार गरिएको निर्णयले महाधिवेशन भद्रा ७ देखि हुने भनिएको छ।

प्रस्तावित कार्यतालिका:

१. स्थानीय तहको वडा अधिवेसन-असार २० गते

२. गाउँपालिका–नगरपालिका स्तरीय अधिवेसन-असार २२ गते

३. निर्वाचन क्षेत्र (प्रदेश) अधिवेसन-असार २५ गते

४. निर्वाचन क्षेत्र (प्रतिनिधिसभा) अधिवेसन-असार २७ गते

५. जिल्ला अधिवेसन-असार ३० गते

६. प्रदेश अधिवेसन-साउन ६ गते

७. केन्द्रीय महाधिवेसन-भदौ ७–१० गते