-काँग्रेसले जनसम्पर्क सहित केहि भिभागीय प्रमुखहरुको मनोनयन गर्यो

काँग्रेसले जनसम्पर्क सहित केहि भिभागीय प्रमुखहरुको मनोनयन गर्यो

Hollywood Khabar February 28,2020 Comments

कृष्ण के सी/अमेरिका/२/२९/२०

नेपाली काँग्रेसले पार्टीका सभापति शेर बहादुर देउबाले फाल्गुन १७, २०७६ मा नेपाली जनसम्पर्क समिति सहित केहि विभागीय प्रमुखहरुको मनोनयन गरेका छन्।

पार्टीको महाधिवेशन भएको यति धेरै बर्ष भएर पनि अन्तिममा अर्को महाधिवेशनको मुखमा आएर गरिने मनोयनलाइ बेतुक भन्न नसकिए पनि अब्यबस्थित नेतृत्व भन्न भने सकिएला। पार्टी कार्यालयले जारि गरेको परिपत्रमा नेपाली जनसम्पर्क समिति समन्वय भिबागमा गोविन्द भट्टराई र अन्य केहि बिभागका प्रमुखहरु मनोनयन गरेको छ।

गोपाल मान श्रेष्ठ संगठन बिभाग, रमेश रिजाल संघियम मामिला र प्रदेश समन्वय, फरमुल्ला मन्सुर मुस्लिम बिभाग, अर्जुन प्रसाद जोशी स्थानीय तह समन्वय, आनन्द प्रसाद ढुंगाना बित्तिय तथा सहकारी समन्वय, आज कुमार चौरसीया तराइ मधेश समन्वय, महेन्द्र यादब यातायात समन्वय, शंकर भण्डारी तरुण समन्वय, सीता गुरुङ आदिवासी जनजाति, गोविन्द भट्टराई नेपाली जनसम्पर्क समिति समन्वय, चिनकाजी श्रेष्ठ उद्योग बिभाग, विश्वो प्रकाश शर्मा सूचना, संचार तथा प्रचार, शिव प्रसाद हुमागाईं श्रमिक तथा ट्रेड युनियन रहेका छन्।

त्यसैगरी ५ जना केन्द्रिय आमन्त्रित सदस्यहरु पनि मनोनित पनि गरेको छ। मनोनित हुनेहरुमा कृष्ण किशोर घिमिरे, गोपाल कुमार बस्नेत, सुधिर कुमार सिवाकोटी, मनोहर नारायण श्रेष्ठ र ध्रुव वाग्ले रहेका छन्।