Nepal Army Bus Service

बडादशैंको उपलक्ष्यमा नेपाली सेनाबाट सैनिक तथा गैह्र सैनिक व्यक्तिहरुको लागि बस सेवा सञ्चालन

Hollywood Khabar October 14,2018 Comments

नेपाली सेनाले बडादशैंको उपलक्ष्यमा सैनिक तथा गैह्र सैनिक व्यक्तिहरुको लागि निशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ।


२०७५ कार्तिक ०२ गते बिजया दशमीका दिन काठमाण्डौं उपत्यका भित्र सार्वजनिक सवारी साधन न्यून मात्र चल्ने भएकोले सैनिक तथा गैह्र सैनिक व्यक्तिहरुको आवागमनमा सुविधा पुर्‍याउने उद्देश्यले यस्तो सेवा दिने निर्णय सेनाले गेरको बताइएको छ।

सेनाको बिज्ञप्ति अनुसार, उक्त दिन निम्न लिखित ८ वटा रुटहरुमा बिहान ७ बजे, ११ बजे र ३ बजे ३० सिट सिट क्षमताको १/१ वटा बस नि:शुल्क सञ्चालन गर्ने भएको छ।

(क) रुट नं.१— भद्रकाली, माईतीघर, बानेश्वर, कोटेश्वर, एकान्तकुना, बल्खु, किर्तिपुर, कलङ्की, कालिमाटी, त्रिपुरेश्वर, रत्नपार्क
(ख) रुट नं.२— भद्रकाली, जमल, लैनचौर, नारायणगोपाल चोक, बुढानिलकण्ठ, बालाजु चोक, सोह्रखुट्टे, कान्तिपथ, माईतीघर ।
(ग) रुट नं.३— भद्रकाली, माईतीघर, त्रिपुरेश्वर, कालिमाटी, कलङ्की, थानकोट, स्वयम्भु, छाउनी (अस्पताल), ताहाचल, टेकु, थापाथली ।
(घ) रुट नं.४— भद्रकाली, माईतीघर, बानेश्वर, तिनकुने, गौशाला, चाबहिल, जोरपाटी, नारायणगोपाल चोक, लाजिम्पाट, कान्तिपथ, भद्रकाली ।
(ङ) रुट नं.५— भद्रकाली, थापाथली, कुपण्डोल, जावलाखेल, सातदोबाटो, चापागाउ, सातदोबाटो, तिनकुने, बानेश्वर, शहिदगेट
(च) रुट नं.६— भद्रकाली, दरबारमार्ग, कमलपोखरी, गौशाला, चाबहिल, बौद्ध, सााखु, चाबहिल, गौशाला, तिनकुने, भद्रकाली ।
(छ) रुट नं.७— भद्रकाली, माईतीघर, नयाा बानेश्वर, पुरानो बानेश्वर, गौशाला, सिनामङ्गल, कोटेश्वर, सूर्यविनायक, ठिमी, कोटेश्वर, माईतीघर, भद्रकाली ।
(ज) रुट नं.८— भद्रकाली, माईतीघर, कोटेश्वर, सातदोबाटो, कलङ्की, बालाजु, चाबहिल, गौशाला, तिनकुने, भद्रकाली ।

त्यसैगरी, बडादशैं २०७५ को उपलक्ष्यमा घर बिदामा जाने सकलदर्जा तथा निजहरुको आश्रित परिवारहरुको हितको लागि नेपाली सेनाले मिति २०७५ असोज २५ गतेबाट ३१ गतेसम्म काठमाण्डौंबाट दोलखा, इटहरी, धनगढी, लमजुङ्ग, रामेछाप, पोखरा, बुटवल, गोरखा, धादिङ/त्रिशुली, चौतारा, हेटौडा, नारायणगढ र सिराहा–राजविराज जाने तथा उपत्यका भित्र आउने गरी नि:शुल्क बस सेवा सञ्चालन भईरहेको छ।

उक्त बसहरु सम्बन्धित स्थानबाट प्रत्येक दिनको ०६३० बजे छुट्ने र प्रति सैनिक व्यक्ति (परिवारसहित) बढीमा ५ जनाले सुविधा लिन पाउने व्यवस्था मिलाईएको छ ।
**नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालय, जङ्गी अड्डा, काठमाडौंबाट प्राप्त बिज्ञप्ति अनुसार