नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव

Hollywood Khabar November 18,2017 Comments

नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव
२०१८ घोषणा र चलचित्रको आवेदन खुल्यो    
प्रेस विज्ञप्ति
वासिङ्गटन डिसी । अमेरिकाको मेरिल्याण्ड राज्यमा स्थापित गैरनाफामुलक संस्था नेपाल—अमेरिका फिल्म सोसाइटीले प्रत्येक वर्ष आयोजना गर्ने नेपाल—अमेरिका अन्तराष्ट्रिय चलचित्र महोत्सवको दोस्रो संस्करण २०१८ मे १८ देखि २० सम्म हुने घोषाणा गरेको छ । वासिङ्गटन डिसी महानगर क्षेत्रमा केन्द्रित रहेर आयोजना गरिने दोस्रो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवसका लागि विश्वभरिबाट आवेदन खुला गरिएको कुरा यसै विज्ञप्तीमार्फत जानकारी गराउदछौं ।
चलचित्र महोत्सवसमा मूलतः नेपालका फिचर फिल्म (feature), वृत्तचित्र (documentary), छोटा चलचित्र (short-film), एनिमेशनका साथै सबै विधाका चलचित्रहरु प्रदर्शन गरिनेछन्। नेपाल बाहेक अमेरिका, दक्षिण एसिया सहित विश्वभरी बनेका चलचित्रहरु यस महोत्सवको उच्च प्राथमिकतामा पर्नेछन् । महोत्सवमा चलचित्र प्रदर्शन पछि चलचित्र बारे दर्शक र चलचित्र निर्माता/निर्देशक तथा कलाकारसंग  बृहत छलफल कार्यक्रम पनि आयोजना गरिनेछ । यसका अतिरिक्त चलचित्रका विभिन्न विधामा आधारित भएर विषयगत छलफल तथा कार्यशालाहरुको पनि आयोजना हुनेछन्।
अन्तर्राष्ट्रिय चलचित्रकर्मीहरुको समितिले आवेदन परेकामध्येबाट उत्कृष्ट चलचित्रहरु प्रदर्शनका लागि छनोट गर्नेछन् । प्रदर्शन गरिएकामध्येबाट उत्कृष्ट चलचिहरुलाई पुरस्कृत पनि गरिनेछ। यो महोत्सव अमेरिकामा रहेका नेपाली डायस्पोरा संघसंस्था तथा व्यक्तित्वहरु, नेपाल लगायत विभिन्न देशका चलचित्र सम्बन्धी संघ संस्था र महोत्सवहरुसंगको सहकार्यमा आयोजना गरिनेछ । यस महोत्सवलाई नेपाली डायस्पोरा समुदायको चलचित्र संस्कृति (Film  Culture ) सम्बन्धी साझा मञ्चको रुपमा स्थापित गराउने लक्ष्य राखिएको छ । त्यसैले महोत्सवलाई सफल बनाउन हामी सबैलाई हार्दिक अनुरोध गर्दछौं ।
चलचित्रको आवेदन अनलाइन मार्फत दिन सकिने व्यवस्था गरिएको छ र फिल्म सोसाइटीको कार्यालय अमेरिकाको ठेगानामा सिधै आवेदन पठाउन पनि सकिने छ । नेपालका चलचित्रकमीहरुले अनलाइन वा मानव अधिकार चलचित्र केन्द्रको कार्यालयमा आवेदन दिन सक्ने छन् । आवेदन सम्बन्धिका विवरण तथा नियमहरु हाम्रो वेभसाइट www.nafilmsociety.org  मा उपलब्ध छ । महोत्सव सम्बन्धी थप प्रगति विवरणहरु तथा जानकारीका लागि सोसाइटीको सामाजिक सञ्जालमा जोडिन सक्नु हुनेछ ।
चलचित्र महोत्सव वा आवेदनहरुबारे थप जानकारीहरु चाहिएमा हामीलाई संपर्क गर्नुहोला ।
contact@nafilmsociety.org
nafilmsociety@gmail.com

Nepal-America International Film Festival
Announces Dates and Invites for Entries
November 19, 2017
For Immediate Release
Maryland, USA - Nepal-America Film Society (NAFS), a 501(c)(3) non-profit organization based in Maryland, proudly announces the 2nd Nepal-America International Film Festival (NAIFF). The film festival will take place from 18-20 May 2018, in the Washington DC metro area. We are now accepting submissions of all genres; feature films, documentaries, animations, experimental and short films from across the globe.
The festival is primarily focused on films from Nepal made by Nepali and Non-Nepali filmmakers under the Nepal Panorama section. The films from America, South Asia and other parts of the world will also be highly considered. The film screenings will be followed by Q&A with special guests or filmmakers. The
films selected by the jury will be awarded and recognized, and all the participating films will be recognized with trophies. The festival will be organized in partnership with Nepali Diaspora organizations of America, film organizations, film festivals, and individuals from Nepal, America and across the world. The festival aims to establish a cultural platform for emerging and seasoned filmmakers to bring awareness to the diaspora community in the United States. We also welcome feedback and suggestions to make the 2nd Nepal-America International Film Festival a success.
Filmmakers may submit films via online or may submit directly to the office of the Film Society in the USA. The films from Nepal and the territory can be submitted to the Nepal office of the Human Rights Film Center. Submission rules and regulations for the 2018 Film Festival are now available at
www.nafilmsociety.org. Please follow our social media for further updates. If you need any further information or have any questions, please feel free to contact us anytime.
Press Contacts:
Nepal America Film Society, Inc.
Nepal America International Film Festival
contact@nafilmsociety.org
nafilmsociety@gmail.com