-न्यूयोर्कको नेपाल डे परेड कार्यक्रम कोभिड १९ ले गर्दा यो वर्ष स्थगित गरियो

न्यूयोर्कको नेपाल डे परेड कार्यक्रम कोभिड १९ ले गर्दा यो वर्ष स्थगित गरियो

Hollywood Khabar May 07,2020 Comments

प्रेस विज्ञप्ति

हरेक मे महिनाको तेश्रो आईतवार सम्पन्न हुने नेपाल डे परेड कार्यक्रम डायस्पोराका नेपालीहरुको पहिचान र गौरव हो।

सन् २०१६ देखि न्युयोर्क शहरमा नेपालको गणतन्त्र दिवसको उपलक्ष्यमा सम्पन्न हुँदै आएको नेपाली डायस्पोराको शान र पहिचानको रुपमा स्थापित भएको ‘नेपाल डे परेड’ हामी नेपालीहरुलाई प्रतिनिधित्व गर्ने एउटा ऐतिहासिक कार्यक्रम हो। नेपाली संस्कृतिको विविधता र सम्पन्नता झल्काउने यो कार्यक्रम यस वर्षको लागि मे १७ का दिन तय गरिएको थियो। तर यस वर्ष विश्व नै कोभिड-१९ को महामारीबाट संक्रमित भएको हुँदा न्युयोर्क राज्यका गभर्नर तथा न्युयोर्कका मेयरले जारी गरेको कार्यकारिणी निर्देशन अनुसार यस वर्ष ‘नेपाल डे परेड-२०२० आयोजना नहुने व्योहोरा डायस्पोराका सम्पूर्ण नेपालीहरुमा अवगत गराउँदछौ अर्थात् नेपाल डे परेड-२०२० स्थगित गरिएको दु:खका साथ जानकारी गराउछौ।

महामारीबाट मृत्यु भएकाहरु विशेष गरेर नेपालीहरु जसले यो महामारीबाट ज्यान गुमाउनु पर्यो उहाँहरु प्रति हार्दिक श्रदान्जली व्यक्त गर्दै यो महामारीको संक्रमणको कारण उपचार गराईरहनु भएका सम्पूर्णलाई शीघ्र स्वास्थ्य लाभको प्रार्थना गर्दछौ। जसले संक्रमणलाई पराजय गरेर स्वास्थ्य पुन: लाभ गर्नु भएकोछ उहाँहरुलाई धेरै-धेरै

बधाई ज्ञापन गर्दछौ। यो महामारीमा डायस्पोरालाई सहयोग गर्न सक्रिय रहनु भएका सम्पूर्ण अभियन्ताहरुलाई प्रशंसा गर्दै महामारीका फर्स्ट रेस्पोन्डर्सहरु प्रति हृदय देखि नै धन्यवाद व्यक्त गर्दछौ।

अनन्त सुवेदी

सदस्य-सचिव

निमा शेर्पा

अध्यक्ष

मे ८ , २०२०