-नेपालमा कोभिड १९ नियन्त्रण गर्न मास्क पुलिसिङ्गको निर्देशन

नेपालमा कोभिड १९ नियन्त्रण गर्न मास्क पुलिसिङ्गको निर्देशन

Hollywood Khabar July 05,2020 Comments

नेपाल सरकारको गृह मन्त्रालयले मास्क नलगाई घरबाहिर निस्किनेलाइ तत्काल नियन्त्रणमा लिने निर्देशन जारि गरको छ।

जुलाई ६, २०२० मा जारी गृह मन्त्रालयको निर्देशनमा नेपालका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई यदि कसैले मास्क नलगाई घर बाहिर निस्के, माजैक दुरी पालना नगरे तत्काल पक्रन सकिने कुरा उल्लेख छ।

जिल्ला प्रशासन र प्रहरीलाई गरिएको परिपत्रमा स्वास्थ्य मापदण्ड अनुसार सामाजिक दूरी कायम गर्नुपर्ने, मास्कबिना बाहिर हिँडडुल गर्ने नमिल्ने अन्यथा संक्रमक रोग नियन्त्रण ऐन अनुसार कारबाही गर्न निर्देशन दिएको छ।

निर्देशन त सहि हो तर जहाँ घरमा खाना छैन, गाइगोठमा पराल-घाँस छैन उनीहरुले के गर्ने ? नेपालका थुप्रै गाउँ क्षेत्रमा जहाँ प्रशान नै छैन, एक र अर्को घर नै घन्टौं र माइल टाढा छ त्यहाँ के गर्ने ? जसको घरमा ओढ्न सिरक मात्र होइन पछ्यौरा छैन त्यहाँ के गर्ने ? यो निर्देशन शहरी क्षेत्र र घना बस्थि भएका ठाउँमा भने सहि होला तर विकल्प पनि त हुनुपर्यो ?