१० माघ काठमाडौँ।नेपाल एयरलाइन्सका २५ जना पाइलटले सामूहिक राजीनामा दिएका छन्।विदेशी र नेपाली पाइलटबीच सेवा सुविधामा चरम विभेद गरिएको भन्दै उनीहरुले सामूहिक राजीनामा दिएका हुन्।व्यवस्थापनको काममा नेपाली स्थायी कर्मचारी बढी खटिनुपर्ने भए पनि बढी सेवा सुविधा विदेशी पाइलटलाई दिइएको उनीहरुको आरोप छ।
विदेशीले महिनामा १५ लाख तलब पाउँछन् भने कर पनि व्यवस्थापनले तिरिदिएको छ।नेपालीले ५ लाख तलब मात्र पाउँछन्।उनीहरुले तीन महिनामा नेपाली पाइलटलाई तालिम दिएर सबै विदेशी पाइलट विस्थापन गर्ने वा नेपाली पाइलटले दिएको राजीनामा स्वीकृत गरेर सबैलाई करारमै काम चलाउन विकल्प दिएका छन्।तीन महिनाभित्र नेपाली र विदेशी पाइलटबीचको विभेद अन्त्य नगरे आफूहरु काममा नआउने भन्दै उनीहरुले राजीनामा पत्रमा लेखेका छन् ।
सिफारिस
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...